साताको अन्तिम दिन सेयर बजारमा उछाल, नेप्से १७७८ विन्दुमा « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

साताको अन्तिम दिन सेयर बजारमा उछाल, नेप्से १७७८ विन्दुमा



काठमाडौं । बिहीबार सेयर कारोवारको अन्तिम दिद सेयर बजारमा उछाल छाएको छ । प्राय सबै कम्पनीको सेयरमा हरीयाली छाएपछि नेप्सेपछि १७ सय ७८.१२ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बिहीबार एकैदिन सेयर बजार ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ । विगत नौ महिनामै नेप्सेमा एतिहासीक रेकर्ड कायम भएको छ । कारोवार रकमका हिसिावले पनि विगत नौ महिनामै सबैभन्दा बढी रकमको कारोवार भएको हो ।

साताको अन्तिम दिन ६ अर्ब ११ करोड ६७ लाखको कारोबार भएको छ । आज सेयर बजारमा कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।


प्रतिक्रिया दिनुहोस्