एशोसिएटमा प्रोक्सी किनवेचको संभावना छैन, सबै मतदाताले उम्मेदवार चिनेका छन् « Arthapath.com
१० मंसिर २०७७, बुधबार

एशोसिएटमा प्रोक्सी किनवेचको संभावना छैन, सबै मतदाताले उम्मेदवार चिनेका छन्



म मात्रै होइन मेरो सम्पूर्ण टिम नै विजयी हुन्छ ।

अर्काे चुनावमा मेरै प्यानलका विरुद्ध मैले चुनाव लड्नुपर्ने हुन्छ ।

शौरभ ज्योती, उपाध्यक्षका उम्मेदवार (एशोसिएट) नेपाल उद्योग वाणिज्य महासंघ

भोली शुक्रबारदेखी शुरु हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको तयारी पुरा भैसकेको छ । नेपालको प्रतिष्ठित ज्योति ग्रुपका प्रवन्ध निर्देशकसमेत रहेका शौरभ ज्योती महासंघको नेतृत्वको लागी एशोसिएटबाट उम्मेदवारी दिएका छन । चुनाव प्रचारमा व्यस्त रहेका ज्योतीसंग अर्थपथले गरेको कुराकानीको सारसंक्षेप ः–

एशोसिएट उपाध्यक्षमा उम्मेद्धारी किन दिनु भयो ?

त्यो पदको लागि उम्मेदवारी महासंघको परिकल्पना छ, यो गरिमामय संस्थामा हामीले जुन नीजि क्षेत्रको विकासका लागि काम गर्न गाह्रो भइरहेको छ । औधोगीकिकरण घटिरहेको छ । जिडिपी घटेको छ । राज्यलाई राजश्व घटेको छ । आत्मनिर्भरता हाम्रो कमजोर भइरहेको छ । रोजगारीका अवस्था घटिरहेका छन् । विदेशमा सबै युवाहरु प्लायन भइरहेका छन् । यहाँ लगानी गर्ने वातावरण छैन । यस्तो अवस्थामा हामीले हाम्रो भबिष्य शुनिस्चित गर्न र नेपालको समृदिको सपना साकार पार्नु छ । महासंघले ठूलो भूमिका खेल्छ । सहि नेतृत्व भएन र सहि दिशामा लाग्न सकेन यो अर्थतन्त्र नै धराशयि भयो भने धेरै गाह्रो पर्छ, हामीलाई मात्रै होईन हाम्रो आउँदो पुस्ताहरुलाई पनि ।

आत्मनिर्भरता बढाउनुपर्यो, रोजगारी श्रृजना गर्नु पर्यो । यत्रो सम्भावना छ नेपालमा । त्यो धराशयिबाट रोक्नको लागि चाहिँ नेतृत्वले राम्रोसंग हाक्न सकेन । किनभने अहिले महासंघमा आउने भनेको सबै राजनीति गर्नका लागि हो । हामी भन्छौ राजनीति संस्था होइन यो । एउटा उद्धेश्य लिएर, एउटा रिवल्ट ओरिएन्टेड हुने किसिमले अर्थतन्त्रलाई जोगाउनलाई, निजी क्षेत्रको हकहितको लागि अगाडी बढाउनको लागि महासंघले नेतृत्व गर्नुपर्छ भनेर हामीलाई सारेको हो । त्यसको लागि मैले उमेद्धारी दिएको हो । त्यो उमेद्धारी दिँदा पनि मैले के भनेको छु भने यति कै उमेद्धारी दिएको होइन । योग्यताको हिसावले म र मेरो जुन टिम छ, सबै सक्षम छन्, विभिन्न क्षेत्रका र मेरो ४ औँ कार्यकाल हो । मैले १२ बर्ष महासंघमा ४ वटा समितिमा सभापतित्व गरेर अगाडी बढाइसके । प्रोडक्टभिटी कमिटि, नेशनल, इन्टरनेशनल अवार्ड, कर राजश्व समिति, अब आएर बैंक फाइनान्स र वित्तिय समिति । त्यो हिसावले मैले यो पदमा आएर अनुभव पनि छ, मैले सेव ागर्न सक्छु भनेर यो पदमा मैले उमेद्धारी दिएको हँ ।

बुझ्ने भाषामा तपाईँको एजेण्डा के हो ? के गर्नुहुन्छ जितेर गएपछि ?

निजी क्षेत्रलाइ, व्यवसायी उद्योगीहरुलाई, मानसम्मान र सुरक्षा । अहिले सम्म निजी क्षेत्र भनेको उद्योग व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नेपाल सरकारको र सर्वसाधारण पब्लिकले पनि नकारात्मक रुपले हामीलाई हेर्छन । पैसा उठाउने मात्रै होइन । सबै व्यावयायीलाई राम्रो दृष्टिले हेर्दैनन् । नाफा कमाउने भनेको गलत कुरा होइन । नाफा हुनुपर्छ, प्रोफिट हुनुपर्छ । हामी रोजगारी श्रृजना गर्ने सेक्टर हो । जति विकास भयो राज्यलाई त्यति कर तिर्ने क्षेत्र हो । यो देशको मेरुदण्डको रुपमा अर्थतन्त्रको जोगाउनु हो । हो सरकारको र पब्लिकको यो दृष्टिकोण माइन्ड चेन्ज गर्न र मानसम्मान र लगानीको सुरक्षा हुनु पर्यो । सिम्पल भाषामा सिम्पल एजेण्डा हो । मानसम्मान सुरक्षा पाइसकेपछि स्वतः जुन हामीले विकास, प्राथमिकताका क्षेत्रहरु, कृषि, उर्जा, पुर्वाधारको विकास सर्भिस सेक्टर, बैकिङ सेक्टर सबैमा मानसम्मान र सुरक्षा व्यवस्था गर्न सकेउ भने त्यो क्षेत्रको विकास हुन्छ । रोजगारी श्रृजना हुन्छ, समृद्धिको बाटोमा हामी लाग्छौ । किनभने निजी क्षेत्रको विकास भनेको समाजको विकास हुने हो, समाजको विकास भयो भने राष्ट्रको विकास हुने हो ।

तपाईलाइ एशोसिएटमा भोट चाहि किन दिने ?
मलाइ भोट दिने होइन । मैले आफूलाई कहिले पनि भोट मागेको छैन । त्यो पदका लागि सबैभन्दा योग्य ब्यक्ति जसले गरेर त्यहाँ सेवगर्न सक्छ, रिजल्ट ल्याउन सक्छ, त्यो ब्यक्तिलाइ भोट दिने हो । म भन्दा त्यो पदमा योग्य ब्यक्ति छ भने म आफू छोड्छु । अहिले मेरो उमेदारी फिर्ता लिन्छु । त्यो पदमा मभन्दा योग्य ब्यक्तिलाई स्वीकार्छु ।

विगतमा पनि तपाईभन्दा योग्य भएर चन्द्र ढकाल योग्य भएर एशोसिएटमा छोड्नु भएको हो ?
त्योबेला एउटा टिमको हिसावले, एउटा अलाइमेण्टको हिसावले म योग्यता भन्न सक्दिन । दुवै जना योग्य छौ । उहाँ आफ्नो क्षेत्रमा योग्य हुनुहुन्छ, म आफ्नो क्षेत्रमा योग्य छु । आ–आफ्नो क्षेत्रमा विज्ञ भइहाल्छ । योग्यताको हिसावले होइन त्यो वेला टिम र संस्थाको ऐकेबद्धताको लागि मैले छोडेको हो । किनभने संस्था भनेको ब्यक्ति स्वार्थभन्दा पनि संस्था माथि हुन्छ । संस्था बच्यो भने हामी सबै सेवा गर्न पाउँछौ । संस्था रहेन भने पनि रहदैन । टिम र संस्थाका लागि मैले उम्मेद्धारी फिर्ता लिएको हो । दुबै जना त्यतिकै योग्य छौ ।

हिजो सर्वसम्मतिको लागि छोड्नुभयो, आज उहाँकै टिमका लागि चुनाव लड्दै हुनुहुन्छ ?
अव चुनाव भनेको त्यस्तै हो । चुनाव भनेको एउटा प्रजातान्त्रिक व्यवस्था हो । अव अहिले मेरो प्यानलमा पनि धेरै मैले चुनाव लडेको ब्यक्तिहरु म्ेरो प्यानलमा छन् । अर्काे चुनावमा मेरै प्यानलका विरुद्ध मैले चुनाव लड्नुपर्ने हुन्छ । तर चुनाव भनेको आउँछ जान्छ । जुन हाम्रो रिलेशन हो साथी व्यवसायीप्रति त्यो चाहि चुनाव सकिएपछि हाम्रो एजेण्डा एउटै हो । नीजि क्षेत्रको विकास, महासंघलाई गरिमामय पदमा छाता संगठनका रुपमा अगाडी बढाउनुपर्ने छ । त्यसैले चुनाव सकिएपछि जुनसुकै प्यानलले जितेपनि हामी एकबद्ध भएर अगाडी बढ्छौं ।

अहिले त दुइवटा ग्रुपविच खुट्टा तानातान छ नी ? एउटा ग्रुपले अर्काे ग्रुपलाइ कमजोरी देखाउने ?
छैन । कसैलाई कमजोर मान्नु हुँदैन । दुबै पक्ष बलियो छ । तर यो चुनावी प्रक्रियाले चाहिँ मलाई विश्वास छ की एउटा फेयर किसिमले चुनाव हुन्छ । चुनावले चाहिँ हाम्रो भोटरहरुले नै निर्णय गर्छन की को बढि योग्य सदस्य भनेर । त्यसैले यो चुनावमा खुट्टा तानातान छैन । र कसैलाई कमजोर मैले देखेको पनि छैन । सबै आफ्नो–आफ्नो क्षेत्रमा नेतृत्व गरेको ब्यक्ति हुन् । सबै गन्यमान्य मान्छेहरु हुन् । हामी मानसम्मान र कदर गरेरै अगाडी बढिरहेका छांै ।

एशोसिएटमा चाहि प्रोक्सीको थुप्रै किनबेच हुन्छ नी ?
किनबेच भनेको कहाँबाट हुन्छ ? किनबेचको कुरा त एशोसिएटमा सवालै आउँदैन । सबै कम्पनीका मालिकहरु, सीइओ, निर्देशक, महानिर्देशक उहाँहरुले प्रतिनिधीत्व गर्ने हो । किनबेच कुरै आउँदैन । बरु हामीले हात जोडेर उहाँबाट सहयोग माग्ने हो । त्यसैले एशोसिएटमा किनबेच हुदैन । तर विधान छ, अलिकति विधान विपरित काम भएको छ । गर्भमेन्ट डकुमेण्टदेखि पब्लिक लिमिटेड अर्गनाइजेशन, बैंक, फाइनान्स कम्पनीहरुमा त्यो भनेको त्यहाँको प्रतिनिधित्व आउनुपर्ने व्यवस्था छ । त्यो चाही केहि भएता पनि विधान अनुसार उहाँकै प्रतिनिधी आएर भोट खसाल्न आउँछन् भन्ने मेरो विश्वास छ । विधानमा जे् व्यवस्था छ विधानभन्दा माथि कोहि हुदैँन । त्यस्तो ब्यक्ति आयो भने चाहि भोट गर्न पाउदैन । त्यहि संस्थाको गर्भमेण्ट र पब्लिक संस्थाको ब्यक्तित्व आएपछि निर्वाचनमा भाग लिएर मुख्य प्रतिनिधित्वको रुपमा आउनुपर्ने विधान कै प्रावधान छ ।

अगाडी प्रोक्सी उठाएर बस्नेहरुको हालत के हुन्छ ? अर्काे पक्षले कहि नगरेपछि ?
नमिलेपछि त खारेज भइहाल्छ नी । त्यो उहाँलाई मात्रै होइन त्यो नियम सबैलाइ लागु हुन्छ । नियम कानुन भनेको कोहि ब्यक्ति वा पक्षलाइ लाग्ने होइन सबैलाई लाग्छ ।

एफएनसीसीआईको निर्वाचनमा चाहि राजनीतिक र आर्थिक चलखेल बढि हुन्छ भन्छन नी ?
यो प्रबृतिको अन्त्य गर्न त हामी पहलमा छौं । हाम्रो संघर्ष, पहल भनेको यहि राजनीति अन्त गर्न नै हो । किनभने यो राजनीतिक संस्था होइन । तपार्इँ राजनीतिमा रमाउनुहुन्छ भने राजनीतिमा नै लाग्नुहोस । महासंघ राजनीति गर्ने थलो पनि होइन । महासंघ भनेको एउटा प्राफेशनल विजनेश अर्गनाइजेशन हो । नीजि क्षेत्रको हकहितको लागि हामी लड्ने हो । त्यसैले यहाँ राजनीतिको लागि ठाउँ छैन । त्यसलाई प्रोफेशनल तरिकाले अगाडी बढ्नु पर्छ ।

तपाँईले धेरै पूर्व अध्यक्षहरुको सहानुभुती पाउनुको कारण के हो ?
सहानुभुती भन्दापनि एउटा के हुन्छ भने, तपाइले जसरी अरुलाई ब्यवहार गर्नुहुन्छ उहाँले पनि त्यसरि नै ब्यवहार गर्ने हो । तपाँईले मानसम्मान गर्नुभयो भने उहाँले पनि मानसम्मन गर्ने हो । पुर्वअध्यक्षहरु अग्रज हुन् मलाई ब्यक्तिगत रुपमा पनि मलाई समस्या पर्यो भने उहाँहरुले सहयोग गर्नुहुन्छ । केहि समस्या पर्यो भने उहाँहरुसंग नै सल्लाह लिएर अगाडी बढ्ने हो । त्यस्तै, मानसम्मान पाउने कुरा भनेको आफूले चाहेर पाउने पनि होइन । आफ्नो मेहनत, योगदान गरेर पनि संस्थाप्रति मैले १२ बर्ष योगदान गरेको छु त्यो हिसावले पनि मैले गूडविल पाउन चाहि सकेको जस्तो लाग्छ ।

जित्ने कुरामा कन्फिडेन्स हुनुहुन्छ ?
जित्नलाई समस्या नहोला । सबै साथीहरुको माया र विश्वास छ । खासगरि हाम्रो प्यानलमा हेर्नुभयो भने सबैलाई समेटेरे हामीले टिम बनाएका । विभिन्न क्षेत्रमा योगदान दिएका, अनुभवि, विज्ञहरु छन् । उहाँहरुको साथ र अरु भोटरहरुको माया र विश्वासले पनि र मैले गरेको योगदानले गर्दा म मात्रै होइन मेरो सम्पूर्ण टिम नै विजयी हुन्छ ।

तपाई ट्रेण्डिङ बिजनेशबाट आउनुभएको छ, ज्योती ग्रुपको उत्पादनमुलक क्षेत्रमा जाने सोच छ ?
यो गलत भ्रम हो । ज्योती समूहको फाउण्डेशन भनेको यहि एउटा उद्योग हो । हिमाल आइरन एण्ड स्टिल सबैभन्दा पूरानो फलामे छड उद्योग हो । आज ५४ बर्ष भयो । अझै उत्पादनमा छांै । हिमाल वायर भनेको एउटा नेपालको पहिलो वायर हो आजसम्म सञ्चालनमा छ । हिमाल अक्सिजन नेपालको पहिलो अक्सिजन उद्योग हो । अहिले ३ फ्याक्ट्री सञ्चालनमा छ । मेडिकल अक्सिजन यो कोभिडको बेलामा पनि सबै सञ्चालन गरेर हस्पिलमा पुर्याएका छौं । सबै गरेर हाम्रो जग भनेको इण्डस्ट्री हो । संगै हामी सर्भिस सेक्टरमा बैंकीङमा छौं । हेल्थ सेक्टरमा लगानी छ । पर्यटन क्षेत्रमा र हाइड्रो पावरमा पनि छ । अनि तेस्रो भनेको हामी ट्रेण्डिङमा पनि छौं । उद्योग, सर्भिस र ट्रेण्डिङ । ट्रेण्डिङका सबैभन्दा अगाडी केमा आउछ भने अटोमोविल होण्डा भनेर एउटा ग्लामरिस विजनेश भएकाले होण्डा भन्छन् । किनभने त्यो ब्राण्ड ग्लामरिस विजनेश छन् । तर त्यसको पछाडी विभिन्न उद्योग र सेवा क्षेत्रमा हाम्रो लगानी रहेको छ । बुटवल पावर कम्पनी, ग्राण्डी हस्पिटल, होटेलहरुमा पनि लगानी छ ।

ज्योति ग्रुपले कतिलाइ रोजगारी दिएको छ ?
डाईरेक्ट्ली ३ हजार र इनडाइरेक्ट्ली १० हजार जति होला ।


प्रतिक्रिया दिनुहोस्