बीमा समितिको अध्यक्षको दौड सुरु, कसले मार्ला बाजी ? « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

बीमा समितिको अध्यक्षको दौड सुरु, कसले मार्ला बाजी ?



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षको दौड सुरु भएको छ । १ महिनापछि खाली हुने बीमा समितिको अध्यक्ष बन्न झण्डै १ दर्जन व्यक्तिहरुको दौडधुप सुरु भएको छ ।

आगामी पुष २३ गते वर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईँको कार्यकाल सकिदैछ । ४ वर्षे कार्यकाल पुरा हुनै लागेका चापागाई पुन दोहोरिने प्रयासमा छन । तर नेकपाका अध्यक्ष प्रचण्ड निकट रहेका चापागाईँको प्रश्ताव अर्थमन्त्रीले गर्ने संभावना न्यून छ । यदी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डविच सहमती भएमा चापागाईको संभावना बढी देखिन्छ । यद्येपी अर्थमन्त्री विष्णु पौडेल भने चापागाईँप्रति लचक देखिएका छन ।

अर्को शक्तिशाली नियामक निकाय नेपाल राष्ट्र बैंक पुर्व एमाले निकट महाप्रसाद अधिकारी गत चैत्रमानै नियुक्त भैसकेका छन । त्यसैले अर्को नियमक निकाय बीमा समितिमा पुर्व माओवादी पक्षको दावी छ ।

बीमा समितिको अध्यक्षको लागी गभर्नरमा दावी गरेका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई हेरिएको छ । उनी गत चैत्रमा गभर्नरका लागी प्रश्तावमा पेरर हुन सकेका थिएनन् । उनि पुर्व एमाले त्यसमा पनि प्रधानमन्त्री ओली निकट मान्छिन । शिवकोटीको डेपुटी गभर्नरको कार्यकाल अझै ३ महिना बाँकी रहेको छ । शिवाकोटी बीमा समिति जाँदा २ महिनाअघिनै राष्ट्र बैंक छोड्नुपर्छ वा बीमा समिति २ महिना खाली रहनेछ ।

बीमा समितिको अध्यक्ष बन्न चार्टर्ड एकाउन्टेन्ट, कृष्णप्रसाद आचार्य, महेश गुागाइँ, नेप्सेका पुर्व अध्यक्ष टंक पनेरु, अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाई राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल पनि दौडमा रहेका छन । ४ वर्षे कार्यकालका लागी बीमा समितिको अध्यक्ष बन्न बीमा क्षेत्रका भन्दा पनि बाहिरकाले बढि लागिपरेका छन ।

उस्तै नियामक निकाय राष्ट्र बैंकको गभर्नर बन्न भने वित्तिय क्षेत्रका अनुभवी खोजिन्छ भने बीमा समितिको अध्यक्ष भने खासै विज्ञता हेरिदैन । ४ वर्ष अघि चापागाई नियुक्ती हुँदा पनि उनको बीज्ञाता बीमा भन्दा राष्ट्र बैंकको अनुभव रहेको थियो । ४ वर्षमा चापागाईले ७ प्रतिसतको बीमाको दायरा बढाएर २७ प्रतिसतमा पुर्याएका छन ।


प्रतिक्रिया दिनुहोस्