ब्रोकर कमिसन घटाउन माग गर्दै लगानीकर्ता सेवनमा « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

ब्रोकर कमिसन घटाउन माग गर्दै लगानीकर्ता सेवनमा



काठमाडौँ । सेयर लगानीकर्ताहरुले ब्रोकरले लिँदै आएको सेवा शुल्क घटाउन आग्रह गर्दै नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन । ब्रोकर कमिशन घटाउन माग गर्दै सेयर बजारका लगानीकर्तासंग आवद्ध संघहरुले शुक्रबार सेवन घेराउ गरेका छन । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र सेयर लगानीकर्ता दबाव समूहले धितोपत्र बोर्ड घेराउ गरेका छन ।

सेयर कारोवार रकम बढिरकेका बोला ब्रोकर कमिशन घटाउनका लागि दबाव दिन विभिन्न संघ संस्थाहरुले दवाव दिएका हुन । ब्रोकर कमिसन ०.२५ प्रतिसत मात्रै कायम गर्न विभिन्न संघहरुले दवाव दिएका छन । लगानीकर्ता सम्वद्ध संघहरुले ब्रोकर कमिसन ०।२५ प्रतिशत मात्रै कायम गर्नुपर्ने माग राख्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

सेयर कारोवार बढिरहेको बेला कारोबार रकम बढेकाले अब पनि ब्रोकर कमिशन घटाउनुपर्ने संबद्ध लगानीकर्ता संघहरुले माग राखेका छन । लगानीकर्ता संघहरुले बोर्डका डेपुटी कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन ।


प्रतिक्रिया दिनुहोस्