अन्तत: ओली प्रचण्ड सहमति नजिक, भोलीको स्थायी समितिमा दुबै अध्यक्षको प्रतिवेदन पेश हुने « Arthapath.com
२० मंसिर २०७७, शनिबार

अन्तत: ओली प्रचण्ड सहमति नजिक, भोलीको स्थायी समितिमा दुबै अध्यक्षको प्रतिवेदन पेश हुने



काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ठ पार्टी नेकपाको तत्काल विभाजनको बाटो बन्द भएको छ । आफुमाथी लगाइएको लाल्छनायुक्त प्रतिवेदन फिर्ता लिन आग्रह गर्दै आएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अन्तत दुबै प्रतिवेदन स्थायी समितिमा पेश गर्न राजी भएका छन ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई विभिन्न आरोपयुक्त प्रतिवेदन पार्टी सचिवालय बैठकमा पेश गरेका थिए । ओलीपक्षले प्रचण्डको आरोपपत्र खारेज नगरी बैठकनै नबसी बहिस्कार गर्दैै आएका ओलीपक्ष शनिबार प्रचण्डसंग वानटुवान बैठक बसेसंगै एकाएक ओली लचक भएका छन ।

झण्डै १ महिनापछि ओली र प्रचण्डविच एक्लाएक्लै बैठक भएको छ । दुई अध्यक्षविच सहमतीपछि दुबै अध्यक्षको प्रतिवेदन स्थायी कमिटिमा लैजाने सहमती भएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले भोली आइतबार १ बजे स्थायी कमिटि बैठक बस्ने सहमती भएको छ । प्रचण्डको प्रतिवेदन खारेजको माग गर्दै आएका ओली एकाएक दुबै प्रतिवेदन स्थायी समितिमा लैजान राजी हुनुले पार्टीमा नयाँ सहमती भएको बुझ्न सकिन्छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ३ घन्टा सचिवामलय बैठक बसेको थियो । नेकपा फुट नजिक पुगेपछि राष्ट्रपती विद्यादेवी भण्डारीले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बोलाएर छलफल गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्