प्रधानमन्त्री ओलीकाे अडान जे गरेपनि दुबै पद छाेड्दिन « Arthapath.com
२० मंसिर २०७७, शनिबार

प्रधानमन्त्री ओलीकाे अडान जे गरेपनि दुबै पद छाेड्दिन



काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जे गरेपनि दुबै पद नछाेड्ने बताएका छन । शनिबार बसेकाे सचिवालय बैठकमा बाेल्दै ओलीले कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाेड्नेे बताए ।

ओलीले प्रचण्ड-नेपाल समुहले गलाएर एक पद छाेड्न बाध्य पार्न खाेजेकाे भन्दै कुनै हालतमा दुबै पद नछाेड्ने बताए । पार्टी एकताकाे सहमती अनुसार महाधिवेसनसम्म पद छाेड्नु नपर्ने बताए ।

पार्टीकाे भाेली अाईतबार स्थायी समिति बैठक बाेलाइएपछि ओली दुबै अध्यक्षकाे प्रतिवेदन छलफलकाे तयारी छ । प्रचण्ड समुहले ओलीलाई गलाएर एक पद हात पार्ने दाउमा रहेका छन । प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न अर्काे चुनाव कुर्न र पार्टी अध्यक्ष बन्न महाधिवेसन कुर्न अाग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्