अख्तियारले बोलायो एपेक्स बैंकको डेढ अर्ब घोटाला काण्डमा यी १२ जनालाई « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

अख्तियारले बोलायो एपेक्स बैंकको डेढ अर्ब घोटाला काण्डमा यी १२ जनालाई



काठमाडौं । एनसीसी बैंकमा मर्जरमा गएको एपेक्स बैंकबाट डेढ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न रहेका ब्यक्तिहरुको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि बयान लिने भएको छ । बुधबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै तत्कालिन सो बैंकको घोटालामा संलग्न भएको आशंकामा धितोमूल्याङ्ककर्ता, ऋणी तथा बैंकका कर्मचारीसहित कूल १२ जनालाई बाटोको म्याद बाहेक ७ दिनभित्रमा आयोगमा उपस्थित भइ बयान दिन भनेको छ ।

बयानका लागि तत्कालिन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सहायक महाप्रबन्धक प्रदीप बहादुर कर्माचार्य, सञ्चालक प्रतिनिधि साधारण सेयरधनी सदस्य सञ्चालक भरतकाजी श्रेष्ठ, बादशाह फुडल्याण्ड प्रा.लि.का सञ्चालक ऋषिस्वर थपिलया, एन.बि.डि.एस. सुपर मार्ट प्रा.लि.का सञ्चालक अनोज श्रेष्ठ, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, हजुरको हार्ड वेयर पसलका सञ्चालक ऋणी मुकुन्द प्रसाद पराजुली, स्वतन्त्र धितो मूल्यांकनकर्ता, सिटी इन्जिनियरिङ्ग कन्सलटेन्सीका सञ्चालक नरेश स्वाँर, तत्कालीन एपेक्स डेभलपमेण्ट बैंकका सहायक अधिकृत पदमा कार्यरत सन्तोष धिताल, राम शाह बहुमुखी व्यापार कम्पनी प्रा.लि. का सञ्चालक राम बहादुर शाह, तत्कालीन रोयल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लि.का देवराज ढुंगाना, रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर कोमानन्द अधिकारी, पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाललाई ७ दिनभित्र आयोगमा उपस्थित भई बयान दिनुपर्ने अख्तियारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्