नेप्से १३.०७ अंक बढेर २१७८.५७ अंकमा बन्द, निर्जीबन बीमा समूहमा आकर्षण « Arthapath.com
२२ पुष २०७७, बुधबार

नेप्से १३.०७ अंक बढेर २१७८.५७ अंकमा बन्द, निर्जीबन बीमा समूहमा आकर्षण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.०७ अंकले बढेको छ । बुधबार दिनभर २०५ कम्पनीको १ करोड ५ लाख ३४ हजार १५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ४८ लाख ४२ हजार ५९७ रुपैयाँको कारोबार भएको छ । मंगलबार थोरै अंकले घटेको नेप्से परिसूचक बुधबार १३.०७ अंकले बढेर २१७८.५७ अंकमा बन्द भएको हो ।

बुधबार ट्रेडिङ समूह र हाईड्रो पावर समूहका लगानीकर्ताले क्रमशः २०.९९ अंक र १२.८ अंकले गुमाएका छन् । बुधबार सर्वाधिक निर्जीबन बीमा समूहका लगानीकर्ताले ११२.६६ अंकले कमाए ।


प्रतिक्रिया दिनुहोस्