चन्द्रागिरीको आईपिओमा व्यापक चाप, खुलेको दोस्रो दिनमै १ करोड ७० लाखको आवेदन « Arthapath.com
२६ पुष २०७७, आईतवार

चन्द्रागिरीको आईपिओमा व्यापक चाप, खुलेको दोस्रो दिनमै १ करोड ७० लाखको आवेदन



काठमाडौं । चन्द्रागिरी केवलकारको आईपिओमा व्यापक चाप देखिएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको आईपिओमा खुलेको दोस्रो दिनमै १२ गुणाभन्दा बढीको आवेदन परेको छ ।
कम्पनीले १३ लाख ३४ हजार कित्ता आईपिओ निस्कासन गरेकोमा दोस्रो दिनमानै माग भन्दा १२ गुणा बढी आवेदन परेको हो । आइतबारसम्म १ करोड ७० लाख २७ हजार ७९० कित्ता आईपीओ माग भएको छ ।

देशभरबाट ८ लाख ६३ हजार ४४६ आवेदकले १ करोड ७० लाख २७ हजार ७९० कित्ताका लागि १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँको आवेदन गरेको सेयर निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

शुक्रबार निस्कासन भएको आईपिओ मंगलबारसम्म खुला हुनेछ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको छ । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता आईपीओ सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।


प्रतिक्रिया दिनुहोस्