नेप्से हालकै उच्च, कारोबार भने ५ अर्ब मात्रै « Arthapath.com
२८ पुष २०७७, मंगलवार

नेप्से हालकै उच्च, कारोबार भने ५ अर्ब मात्रै



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दैनिक रुपमा बढिरहेको छ । लगातार बढिरहेको नेप्से साताको तेस्रो दिन पनि बढेर नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । मंगलबार नेप्से परिसूचक २८.३१ अंकले बढेर नयाँ रेकर्ड कायम गर्द हालसम्म कै उच्च विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से १.२६ प्रतिशत बढेर २२६७.७३ अंकमा पुगेर नयाँ रकेर्ड कायम भएको हो । नेप्से दैनिक रुपमा यसरि नै बृद्धि हुने हो भने केहि समयमा नै २५ सय अंक पुग्ने अनुमान लगानीकर्ताले गरेका छन् । सोमबार २२३९.४२ अंकमा बन्द भएर साढे ५ अर्ब बढीको कारोबार भएको थियो ।

मंगलबार नेप्से २८.३१ अंकले बढेर २२६७.७३ अंकमा पुगेर बन्द भएको छ । तर कारोबार रकम भने मंगलबार घटेको छ । अघिल्लो दिनहरुभन्दा मंगलबार कारोबार रहम घटेर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँको कारोबार भएको छ । तेस्रो दिन २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ सेयर कित्ता ४५ हजार ५६९ पटक किनबेच भएको छ ।

मंगलबार सर्वाधिक निर्जीबन बीमा समूहका लगानीर्ताले २७३.२७ अंकले कमाएका छन् भने हाइड्रो पावर समूहका लगानीकर्ताले ६०.९१ अंकले नाफा कमाएका छन् । दिनभरि हरियाली छाउँदा ट्रेडिङ समूहका लगानीकर्ताले भने १५.४ अंकले गुमाएका छन् ।

सोमबारको तथ्याङ्क


प्रतिक्रिया दिनुहोस्