बुधबार नेप्से १८.८१ अंकले बढेर २२८६.५४ अंकमा बन्द, ६ अर्बको कारोबार « Arthapath.com
२९ पुष २०७७, बुधबार

बुधबार नेप्से १८.८१ अंकले बढेर २२८६.५४ अंकमा बन्द, ६ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १८.८१ अंकले बढेको छ । बुधबार दिनभरि २०७ कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ सेयर कित्ता ५० हजार ९५० पटक किनबेच हुँदा ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँको कारोबार भएको छ । बुधबार २२८६.५४ अंकमा बन्द २२८६.५४ अंकमा बन्द भएको छ ।

बुधबार उत्पादन समूहमा लगानीकर्ता झम्मिएका छन् । बुधबार उत्पादन समूहमा सर्वाधिक २४२.५२ अंकले आर्जन गरेका छन् भने जीबन बीमा समूहका लागानीकर्ताले १६९.७७ अंकले कमाए । तर, बुधबार होटेल समूह र बैंकिङ समूहका लगानीकर्ताले भने क्रमशः ५.३९ अंक र ३.१५ अंकले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्