‘तारुकाको पौरख, नेपालको गौरब’ मूल नाराका साथ तारुकामा २३ हल गोरु जुधाईयो « Arthapath.com
२ माघ २०७७, शुक्रबार

‘तारुकाको पौरख, नेपालको गौरब’ मूल नाराका साथ तारुकामा २३ हल गोरु जुधाईयो



काठमाडौं । ‘तारुकाको पौरख नेपालको गौरब’ भन्ने मुल नाराका साथ यस बर्ष पनि नुवाकोटको तारकेश्वर गाउँपालीका-३ चन्दनीमा गोरु जुधाईएको छ । माघे संक्रान्तिका दिन देशका अन्य स्थानका नागरिकले घ्यू, चाकु खाएर पर्ब मनाउने गरेका छन् भने नुवाकोटमा भने बिगत १ सय बर्ष अघिदेखि गोरु जुधाएर मनाउने चलन रहेको छ । यस बर्ष नुवाकोटको तारुमा २३ हल गोरु जुधाईएको छ ।

गोरु जुधाई हेर्न नुवाकोट, धादीङ, काठमाडौं, चितवन लगायतका ठाउँबाट हजारौं दर्शक उपस्थित भएका थिए । तारुकाका किसानले बर्षभरी स्याहार-सुसार गरेर पालेका गोरु यस दिन मैदानमा ल्याएर जुधाउने चलन छ ।

बर्षभरी गोरुलाई मास, अण्डा, चामल लगायतका पोषिला खानेकुरा खुवाएर प्रतिस्पर्धाका लागि तयार बनाउने गरेको गोरुधनीहरु बताउछन ।

वि सं १९८६ मा बझाङ्गी राजा जयपुथ्वीबहादुर सिंह हालको तारकेश्वर गाउँपालिका ३ चन्दनीम रहेको मामाघर आउँदा भान्जालाई स्वागत र मनोरञ्जन गराउनको लागी मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलो पटक सुरु भएको थियो । तर अहिले यही परम्पराले नेपालको पहिचान बोकेको छ ।

हाल २०६२ सालदेखि यस जात्रालाई व्यवस्थित रुपमा गरिदै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष सुर्यमान श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्