सिंगटी हाइड्रोको आईपीओ आजदेखि निष्काशन, कसले दिन पाउने छन् आवेदन ? « Arthapath.com
४ माघ २०७७, आईतवार

सिंगटी हाइड्रोको आईपीओ आजदेखि निष्काशन, कसले दिन पाउने छन् आवेदन ?



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि १ सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । आइपीओमा न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्