साताको पहिलो दिन सुनको मूल्य ७ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
४ माघ २०७७, आईतवार

साताको पहिलो दिन सुनको मूल्य ७ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोाबार भएको छ । त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार सुनचाँदीको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ४ सय रुपैयाँले बढेर मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० मा कारोबार भएको थियो ।

गत साता छापावाल सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको थियो । गत हप्ताको शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस हप्ताको शुक्रबारका दिन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको थियो । गत हप्ताको शुक्रबार १३ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी यस हप्ताको शुक्रबार १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो शुक्रबार छापावाल १ सय रुपैयाँले घटेर तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो शुक्रबार तोजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्