नेप्सेमा नयाँ रेकर्ड, ६ अर्ब ३७ करोडभन्दा बढिको कारोबार « Arthapath.com
४ माघ २०७७, आईतवार

नेप्सेमा नयाँ रेकर्ड, ६ अर्ब ३७ करोडभन्दा बढिको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्म कै उच्च बीन्दुमा पुगेर रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन नेप्से पसिूचक २८.४६ अंकले बढेर हालसम्म कै उच्च बीन्दु २३१५ अंकमा बन्द भएको छ । आइतबार नेप्से १.२४ प्रतिशतले बढेर हाईड्रो पावर समूहका लगानीकर्ता बाहेक सबै समूहका लगानीकर्ता रमाएका छन् । आइतबार हाइड्रो पावर समूहका लगानीकर्ताले ७.२ अंकले गुमाए ।

आइतबार नयाँ रेकर्ड कायम गर्दै नेप्सेमा दिनभरि २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ सेयर कित्ता ५० हजार ६०७ पटक किनबेच भएको छ । आइतबार नेप्से ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७२८ रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्