नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ खुलेको तेस्रो दिनमै करिव ८ लाख आवेदन « Arthapath.com
४ माघ २०७७, आईतवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ खुलेको तेस्रो दिनमै करिव ८ लाख आवेदन



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निस्कासन गरेको आइपिओमा लगानीकर्ताको व्यापक आकर्षण देखिएको छ । आईपिओ खुलेको दोस्रो दिनमानै करिव ८ लाख आवेदन पुगेको सेयर निष्कासन तथा विक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

पुर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले खुलेको सो बैंकले ८ अर्व बराबरको रु १०० अंकित दरको सेयर निस्कासन गरेको थियो । बैंकले ८ लाख कित्ता सेयर निस्कासन गरेकोमा खुलेको द्स्रो दिनमै झण्डै ८ लाख कित्ताको आवेदन परेको छ । आइतबार ४ बजेसम्म ७ लाख ८८ हजार कित्ता सेयरको लागी आवेदन परेको हो । सांझसम्म यो संख्या बढेर करिव ८ लाखको नजिक पुग्ने देखिन्छ ।

कम्पनीले २ दिनमै ९ अर्व ७५ करोड रुपैयाँ संकलन गरिसकेको छ । नेपाल इन्फ्रास्ट्रचर बैंकमा नेपाल सरकारको लगानी रहेको नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । हालसम्मकै सबैभन्दा ठुलो आईपिओ निष्कासन गरेको हो ।

इन्फ्रास्ट्रक्चर बैंकसंग अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्व पुग्नेछ । २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो । जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्