मर्जरको बाटोमा धमाधम ३३ वटा बैंक तथा वित्तीय संस्थाहरू, २११ संस्थाहरू मर्जर तथा प्राप्तिमा सहभागी « Arthapath.com
५ माघ २०७७, सोमबार

मर्जरको बाटोमा धमाधम ३३ वटा बैंक तथा वित्तीय संस्थाहरू, २११ संस्थाहरू मर्जर तथा प्राप्तिमा सहभागी



काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म २ सय ११ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्तिमा सहभागी भइसकेका छन् भने अझै केही बैंक वार्षिक साधारणसभा (एजीएम)मा धमाधम मर्जरको प्रस्ताव लगिरहेका छन् । नेपाल राष्ट्र बैंकले केही वर्षयता बैंकको संख्या घटाउन दबाब दिइरहेकाले बैंकहरूले मर्जर प्रस्तावमा जोड दिएका हुन् ।

आगामी माघ ९ गते मर्जर प्रस्तावसहित एजीएम बोलाएको एनसीसी बैंकले एजीएमबाट स्वीकृत भएपछि जोडदारका साथ मर्जरमा जुट्ने बताएको छ । एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल बैंक मर्जर गर्ने पक्षमा भए पनि कुनसँग गर्ने पूर्व तयारी भने नभएको बताउँछन् । तर, सीईओ अर्याल बाणिज्य बैंकहरू मर्जर भएर घट्नुपर्ने पक्षमा छन् । ‘एजीएमले मर्जर प्रस्तावलाई स्वीकार गरेर सञ्चालक समितिलाई अधिकार दिएपछि बल्ल अगाडि बढ्छौं । बाणिज्य बैंकहरू मर्जरबाट घट्नुपर्छ । तर, हामी कुन बैंकसँग मर्जरमा जाने भन्ने टुङ्गो भएको छैन,’ उनले भने । एनसीसी बैंक र नबिल बैंक मर्जर हुने हल्लाले एनसीसीको सेयर मूल्य र कारोबार बढेको थियो ।

हिमालयन बैंकले मर्जरको प्रस्ताव पारित गरेको छ । लामो समयदेखि विभिन्न वाणिज्य बैंकहरूसँग मर्जरका लागि अनौपचारिक छलफलमा बैंक जुटेको छ । तर, कुनसँग हुने
अभैm पक्का छैन । यद्यपि नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुने सम्भावना अधिक भएको बताइएको छ । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम कुनै एक बाणिज्य बैंकसँगै मर्जमा जाने बताउँछन् । ‘विभिन्न बाणिज्य बैंकहरूसँग मर्जरका लागि कुरा चलिरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग पनि कुरा चलिरहेको छ । एमओयू नभएसम्म निश्चित हुँदैन,’ अध्यक्ष गौतमले भने । नेपाल इन्भेष्टमेन्ट बैंकले भने गत चैत ३० गते सिटी एक्सप्रेसलाई प्राप्ति गर्न केन्द्रीय बैंकबाट सैद्धान्तिक सहमति (एलओआई पाएको छ । नेपाइन्भेष्टमेण्ट बैंकको नामबाट माघ ११ गतेदेखि संयुक्त कारोबार हुने छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गराएपछि कुल २ सय ११ बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका थिए । तीमध्ये १ सय ५९ संस्थाहरूको इजाजत खारेज भएको छ । खारेजपछि ५२ संस्था कायम भएका छन् । अझै ३३ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसमध्ये तीन वटा वाणिज्य बैंकले अन्य संस्थालाई गाभ्न लागेका छन् । सिटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई, सनराइज बैंकले सृजना फाइनान्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई गाभ्ने प्रक्रिया शुरू गरेका छन् । यसैगरी, तीनवटा विकास बैंक, दुईवटा वित्त कम्पनी र २५ वटा लघुवित्त वित्तीय संस्था मर्जर तथा प्राप्तिको प्रक्रियामा छन् ।

पछिल्लो समय मर्जर तथा प्राप्तिमा लघुवित्त संस्थाहरू अधिक देखिएका छन् । कुनै समय ९० वटाभन्दा बढी भएको लघुवित्तको संख्या गत कात्तिकसम्म घटेर ७६ वटामा सीमित छ । अझै २५ संस्था मर्ज प्रक्रियामा छन् । आर्थिक वर्ष (आव) २०७७/०७८ को मौद्रिक नीतिले बाणिज्य बैंकबीच मर्जर गराउन प्रोत्साहन दिएको छ । राष्ट्र बैंकले घुमाउरो पाराले भए पनि बाणिज्य बैंकबीच गाभ्न तथा गाभिन बाध्य हुने गरी नीतिगत व्यवस्था गरेको छ ।

मर्जरका लागि सरकारी बैंकलाई बाध्यकारी छैन । तर, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकले सरकारको निर्देशन आए मर्जका लागि तत्पर भएको बताउँदै आएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय संस्था भएकाले मर्जर सम्भव नहुने राष्ट्र बैंकले बताएको छ । जनता बैंकलाई मर्ज गरेको ग्लोबल आइएमई बैंकलाई मर्जमा जान बाध्यता छैन । यसबाहेकका २२ वटा वाणिज्य बैंकलाई भने बिग मर्जरका लागि बाटो रोज्न खुला भएको राष्ट्र बैंकले बताएको छ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्