२४ वटा बैंकको सेयर बजारमा सवा ६ अर्ब लगानी, सबैभन्दा बढि एनआईसी एसिया र कम कृषि विकास बैंक « Arthapath.com
७ माघ २०७७, बुधबार

२४ वटा बैंकको सेयर बजारमा सवा ६ अर्ब लगानी, सबैभन्दा बढि एनआईसी एसिया र कम कृषि विकास बैंक



काठमाडौं । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको लगानी जम्मा साढे ६ अर्ब मात्रै रहेको पाइएको छ । राष्ट्र बैंककाअनुसार गत कात्तिकसम्म बैंक वित्तीय संस्थाले सेयरमा ६ अर्ब १६ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले अन्धाधुन्धा गरेका कारण बजार बढेको हल्ला चलेपछि राष्ट्र बैंकले कडाई गर्न विवरण संकलन गरेको हो । तर, तथ्यांकमा हेर्दा बैंक तथा वित्तीय सस्था आफैँले सेयर बजारमा निकै कम लगानी गरेको पाइएको हो ।

राष्ट्र बैंकको तथ्याङकअनुसार २४ वटा बैंकले सेयरमा मात्रै लगानी गरेका छन् । सबैभन्दा बढी सेयरमा लगानी गर्ने बैंक एनआईसी एसिया छ । एनआईसी एसियाले १ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयरमा लगानी गरेको छ । सबैभन्दा कम सेयरमा लगानी गर्ने बैंकमा कृषि विकास बैंक छ । कृषि विकास बैंकले ३ करोड रुपैयाँ बराबरको मात्रै सेयर लगानी गरेको छ । सबैभन्दा बढी दोस्रो लगानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको कात्तिकसम्म ५६ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।

केन्द्रीय बैंकको नियमअनुसार कुनै पनि बैंक वित्तीय संस्थाले आफ्नो बैंकिङ क्षेत्र बाहेकको कम्पनीको १ प्रतिशत सेयरमात्रै किन्न पाउँछन् । उनीहरूले कुल पुँजीको एक प्रतिशतमात्रै सेयर किन्न पाउने व्यवस्था छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीकाअनुसार बैंकहरूले कुल पुँजीमा चुक्ता पुँजी, जगेडा कोष, उनीहरूले सुरक्षण गरेको जनरल रिजर्भ र पाँच वर्षभन्दा बढीको लागि जारी गरेको डिबेन्चरसमेत समावेश गर्न सक्छन् । यस आधारमा बैंक तथा वित्तीय संस्थाले सेयरमालगानी गर्दैआएका हुन् । तर, बैंक तथा वित्तीय संस्थाले बैंक वित्तीय संस्थाकै सेयर किन्न भने केन्द्रीय बैकले बन्देज गरेको छ । उनीहरूले दोस्रो बजारमा सेयर खरिद गर्दा बैंक वित्तीय संस्थाबाहेकको सेयर किन्नु पर्छ ।


प्रतिक्रिया दिनुहोस्