मुक्तिनाथ विकास बैंकको नाफा ३०.२८ प्रतिशतले बृद्धि, चुँक्ता पुँजी ४ अर्ब ८१ करोड « Arthapath.com
८ माघ २०७७, बिहीबार

मुक्तिनाथ विकास बैंकको नाफा ३०.२८ प्रतिशतले बृद्धि, चुँक्ता पुँजी ४ अर्ब ८१ करोड



कामठाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६१ करोड ५५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षमा बैंकले ४७ करोड २५ लाख बराबरको खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद नाफा गत आवको सोहीअवधिको तुलनामा ३०.२८ प्रतिशतले बढेको हो ।

त्यस्तै, बैकको चुँक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको अन्य सञ्चालन आम्दानी १ करोड ३० लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप संकलन ७४ अर्ब ८७ करोड २२ लाख रुपैैंया रहेको छ । गत वर्ष सोही अवधिभर बैंकको निक्षेप ५७ अर्ब ३१ करोड ८ लाख रुपैया बराबर रहेको थियो । बैंकको निक्षेप गत आ.व.को तुलना ३०.६४ प्रतिशतले बृद्धि भएको हो । यस्तै, बैंकले समिक्षा अवधिभर ग्राहकहरुलाई ५८ अर्ब २७ करोड ४० लाख रुपैंया बराबरको कर्जा प्रवाह गरेको छ भने बैंक तथा वित्तिय संस्थाहरुलाई ४ अर्ब ३९ करोड ६५ लाख रुपैंया बराबरका कर्जा प्रवाह गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्