सिटिजन्स बैंकको ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा, प्रतिशेयर आम्दानी १८ रुपैयाँ « Arthapath.com
८ माघ २०७७, बिहीबार

सिटिजन्स बैंकको ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा, प्रतिशेयर आम्दानी १८ रुपैयाँ



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२६ प्रतिशत बढी आम्दानी गरेको हो ।

त्यस्तै पौष मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ, बैंकको सञ्चालन मुनाफा २१.५६ प्रतिशत बढेर १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

बैंकको गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ११ करोड ३ लाख रुपैयाँ रहेको बैंकको नेट ट्रेडिङ्ग इन्कम चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १९ करोड ६७ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ६३ लाख रुपैयाँबाट बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, शेयरधनी कोषमा ८७ करोड ६७ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप १८.८५ प्रतिशत बढेर १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ, कर्जा लगानी ११.२७ प्रतिशत बढेर ८७ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ रुपैयाँ १३ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा पुगेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्