प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्नः योद्धाहरुका छोराछोरी छन् की छैनन् ? « Arthapath.com
८ माघ २०७७, बिहीबार

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्नः योद्धाहरुका छोराछोरी छन् की छैनन् ?



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले नाताबादको राजनीति गरेको आरोप लगाएका छन् । केहि समय अघि पुष्पकमल दाहाल प्रचण्डले एक टिभी कार्यक्रममा अन्तर्वार्ताका क्रममा केपी ओलीका छोराछोरी छैनन् मेरो के दोष भनेर भनेका थिए । प्रधानमन्त्री ओलीले उनीमाथि नै ब्यङ्ग्य गर्दै जनता जनताका छोराछारीलाई खेलौना र आफ्ना छोराछोरीलाई विभिन्न पद तथा ओहदा दिएको बताए ।

बिहीबार राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, “प्रचण्डले मेरा छोरीहरु छन्, ज्वाँईहरु छन्, हेर्नै पर्यो बनाउनै पर्यो, छोरी भएका मान्छेले त मेयर बनाउनै पर्यो, बनाउनको लागि भोट पुगेन भने मत पत्र च्यात्नै पर्यो, ज्वाइँ छन् के गर्ने घर किन्नै पर्यो, गाडी किन्नै पर्यो, पद ओहदा दिनै पर्यो, केपी ओलीका छैनन् कसलाई दिओस्, मेरा त छन् दिनै पर्यो ।” प्रधानमन्त्रीले आफूलाई सन्चो भएको र सबै नेपालीका छोराछोरी आफ्नै सन्तान सरह नै रहेको बताए । प्रचण्ड लगायत उनका आफन्तलाई त्यहाँ पुर्याउने योद्धाहरुका छोराछोरी छन् की छैनन् भनि प्रधानमन्त्री ओलीले प्रश्न गरे । उनले भने, उहाँहरुलाई त्यहाँ पुर्याउने योद्धाहरुका छोरीहरु छन् की छैनन् ?आफन्तहरु छन् की छैनन् ?


प्रतिक्रिया दिनुहोस्