नेप्से हालसम्म कै उच्च, पौने २४ सय अंकमा, ७ अर्ब ७९ करोडको कारोबार « Arthapath.com
८ माघ २०७७, बिहीबार

नेप्से हालसम्म कै उच्च, पौने २४ सय अंकमा, ७ अर्ब ७९ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४०० बिन्दु नजिक पुगेको छ । बिहीबर नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा बन्द भएको हो । बिहीबार २३७४.६४ बिन्दुमा बन्द भएर नयाँ रेकर्ड कायम गरेको हो । यो अंक हालसम्म कै उच्च विन्दु हो ।

बिहीबार २०९ कम्पनीको ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २०९ कम्पनीको १ करोड ८१ लाख भन्दा बढि सेयर कित्ता ६ढ हजार पटक किनबेच भएको छ ।

बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५३ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । जसको सेयर मूल्य बढेर प्रतिकित्ता २९०८ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्