ग्लोवल आईएमई बैंकले पनि सुरु गर्यो क्यूआर कोड सेवा, ११ हजार प्रयोगकर्ता पुगे, २५ हजार पुर्याउने लक्ष्य « Arthapath.com
९ माघ २०७७, शुक्रबार

ग्लोवल आईएमई बैंकले पनि सुरु गर्यो क्यूआर कोड सेवा, ११ हजार प्रयोगकर्ता पुगे, २५ हजार पुर्याउने लक्ष्य



काठमाडौं । ग्लोवल आईएमई बैंकले पनि क्यूआर कोडबाट बैंकिङ सेवा सुरु गरेको छ । शुक्रबार बैंकको नख्खु शाखाबाट सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

क्यूआर कोड सेवाको शुभराम्भ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रममा विच सेवा सुरु गरेका हुन । नख्खु क्षेत्रका विभिन्न पसलले अव नगदरहित नै कारोवार गर्न सक्ने भएका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सेवा शुभारम्भ समारोहमा बोल्दै गभर्नर अधिकारीले क्यूआर कोड नभएको पसलमा आफुले सामान नकिन्ने बताए । बैंकले सबै प्रकारका पसलमा क्यूआर सेवा संचालन गरेको बताएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, डेपुटी सीईओ महेश ढकाललगायतको उपस्थिती रहेको थियो । २ महिनामा ११ हजार क्यूआर प्रयोगकर्ता पुगेको बैंकका सीईओ बज्राचार्यले बताए । बैंकले आगामी ६ महिनामा २५ हजार पुर्याउने क्यूआर कोडको प्रयोगकर्ता पुर्याउने लक्ष रहेको सीईओ बज्राचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस्