रु रु जलविद्युतको आईपीओमा आजदेखि निष्काशन, आवेदन कसरी दिने ? « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

रु रु जलविद्युतको आईपीओमा आजदेखि निष्काशन, आवेदन कसरी दिने ?



काठमाडौं । रु रु जलविद्युत परियोजनाले आज (फागुन ७ गत)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गरेको हो । आइपीओमा छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ्ग एजेन्सी इक्रा नेपाल कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्