कामना सेवा विकास बैंक टप थ्रीमा आइसकेको छ, आगामी वर्ष बोनस दिन्छौं « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

कामना सेवा विकास बैंक टप थ्रीमा आइसकेको छ, आगामी वर्ष बोनस दिन्छौं



डिसहोमले राज्यलाई ७ अर्बभन्दा बढी कर बुझाइसक्यो

मैले डिसहोममा अवसर देखेर लगानी बढाएँ ।

अर्वाै पैसा कमायो भनेर महँगो भन्ने आधार पनि छैन ।

मार्केटमा टेलिभिजन च्यानलको कस्ट अझै बढ्छ ।

संसारभरिमै नेपालीले सबैभन्दा सस्तोमा टिभी हेर्छन् ।

टिभीजस्तै आकाशबाटै इन्टरनेटको सेवा दिन्छौं

सुदिप आचार्य, कार्यकारी निर्देशक डिस मिडिया नेटवर्क

अध्यक्ष, कमना सेवा विकास बैंक लि.

युवा अवस्थामै विदेशी साझेदारीसहितको ठूलो कम्पनीको नेतृत्व लिइरहेका सुदिप आचार्य युवा व्यवसायीको रोलमोडेल बनिसकेका छन । खानदानी व्यापारबाट अगाडि आए पनि आचार्य आफैँले नयाँ क्षेत्रमा लगानी सुरु गरेका छन् । जलविद्युत्, वित्त र सञ्चार उद्योगमा लगानी गरिरहेका उनी पछिल्लो समय कामना सेवा विकास बैंक र डिस मिडियालाई अप्रत्याशित सफलता दिलाएसँगै चर्चामा छन् ।

पहिले लगानी गर, जग बनाउ अनि पैसा आफैँ पछि लाग्छ सिद्धान्त बोकेका आचार्य अहिले देशकै ठूलो टेलिभिजन च्यानल डिसहोमको नेतृत्व गरिरहेका छन् । पोखरामा जन्मिएका आचार्यले अहिले २ वटा पब्लिक कम्पनीको नेतृत्व दिइरहेका छन् । यसबाहेक अन्य १ दर्जन कम्पनीमा आवद्धता रहेको सुनाए । बुधबार करिब ३ बजे डिसहोमको कार्यालय चासिकोट ललितपुर पुग्दा आचार्य मिटिङमै व्यस्त थिए । कुराकानी सुरु नहुँदै डिसहोमले ल्याउने आईपीओबारे विदेशी साझेदारसंग टेलिफोन कुराकानीमै व्यस्त थिए । अत्यन्तै व्यस्त दैनिकीका बावजूद आचार्यले हामीस“ग खुलेरै कम्पनी बनाउन गरेका दुःखकष्टको कहानी सुरु गरे ।

कामना सेवा विकास बैंकको अध्यक्षसमेत रहेका आचार्यले छोटो समयमै उपत्यकाबाहिरको विकास बैंकलाई राष्ट्रियस्तरको बनाएर टप थ्रीमा ल्याएको दाबी गरे । डिसहोम पब्लिक कम्पनी बनिसकेको र आईपीओ निष्काशनको तयारीमा रहेको बताउदै उनले आईपीओ निष्काशनपछि यसको ब्राण्ड र महत्व जनस्तरमा भिज्ने दाबी गरे । आईपीओ निष्काशनपछि बिजनेस बढ्नेमात्र नभई नेपालको टप ब्राण्डको रुपमा स्थापित हुने उनको योजना छ ।

डिसहोम पब्लिक कम्पनी बनिसकेको छ, तर यसले आफ्नो सूचना पब्लिकमा सार्वजनिक गर्दै न किन ?

पब्लिक कम्पनी बनेको हो, तर पब्लीक सेयर होल्डरहरू अहिलेसम्म हुनुहुन्न । अब आईपीओ निष्काशन गरिसकेपछि नियमानुसार सूचना दिनैपर्ने जुन सार्वजनिकरुपमा दिनुपर्ने सूचनाहरू हामी दिन्छौं । अहिलेलाई दिनुपर्ने सूचना सम्बन्धित सेयरधनीलाई दिएका छौँ । जसको हकअधिकार छ, उहाँ हरूलाई सूचना दिएका छौँ । नियमले पनि दिनुपर्ने भनेको छैन ।

यसको आईपीओ कहिले आउँछ ?

आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन गरेको धेरै समय भइसकेको छ । बोर्डको अनुमति लिने प्रक्रियामा समस्याहरू छन् । यो समस्या समाधान हुनेबित्तिकै हामी निष्काशन गर्छाै ।

कति समयजति लाग्न सक्छ ?

गत साल असार मसान्तभित्र भनेको थियौं, अब अर्काे असार मसान्त आउन लागेको छ । हाम्रो तर्फबाट रोकेका छैनौं । धितोपत्र बोर्डले केहि सूचनाहरू मागिरहेका छन् । विदेशी लगानी भएको कम्पनी भएकाले डकुमेन्टहरू जुटाउन समस्या परेको छ । स्वदेशी लगानीमात्रैमा बोर्डको समस्या केही फरक परेका थिएन, तर विदेशी लगानी गर्ने कम्पनीको बोर्डले कमिटमेण्ट गर्नुपर्ने नियमका कारण अप्ठ्यारो परेको छ । विदेशी रणनीतिक साझेदारले दिनुपर्ने केही सूचनाहरू लिएर त्यो पास गरेर सेवोनले हामीलाई प्रश्न सोधेको छ । त्यही कुराहरूको म्यानेज गर्दागर्दै अलिकति समय लागेको हो ।

२ वर्षदेखि चर्चा भयो, तर ढिला भयो नि ?

ठिकै पनि जस्तो लाग्छ । किनभने हामीले जुन वर्ष जाने भनेका थियौँ, त्यो बेलाभन्दा कम्पनीको स्ट्रेन्थ राम्रो भएको छ । सेयर बजारमा आकर्षण पनि बढ्को छ । यो वर्ष अलिकति राम्रो छ, अर्का वर्षभित्र आईपीओ आउला । त्यसले गर्दा सबैको उत्सुकता निरन्तर रहन्छ भन्ने आश गरेका छौँ ।

लकडाउन पछि डिसहोमको सेवा शुल्क बढी लिएको गुनासो छ नि ?

सेवा शुल्क कम भयो भनेर कहिँ सुन्नुभएको छ तपाइँले ? कुनै पनि विजनेसमा भन्दैनन् । शुल्क बढी लिएकोभन्दा पनि कसरी ग्राहकलाइ बढीभन्दा बढी सेवा सुविधा दिने भन्ने हाम्रो फोकस हुन्छ । हामी व्यावसाय गर्नेहरू पैसाँ कहाँ छ भन्ने सोच्छौं । तर, व्यापारीले पैसा खोज्ने होइन, पैसाले हामीलाई फ्लो गर्ने बनाउनुपर्छ । राम्रो सुविधा, सर्भिस राम्रो दिएर, टेक्नोलोजीबेस कम्पनी छ, यसलाई अपग्रेड गरिराख्यो भने ग्राहकले यो कम्पनी ठिक छ भनेर सर्भिस लिन आफैँ आउँछन् । सर्भिस भनेको भ्यालु फर मनि हो नि ।

हामीले दिएको सर्भिस र तपाइँले दिनुभएको भ्यालु गर्यो भने महँगो भन्ने शब्द नै निस्किँदैन । टेलिभिजन हेर्न पाउनेमा नेपाल संसारभरिको सबैभन्दा सस्तोमा पर्छ । हामीले दिएको कन्सेप्टमा भारतमा हेर्ने हो भने एभ्रेजमा १५–१६ सय रुपैयाँको हाराहारीमा शुल्क छ । हामी ५–६ सय रुपैयाँमा संसारभरिका च्यानलहरू उपलब्ध गराइरहेका छौँ । बजारमा तपाइँ सामान्यरुपमा एक कप चिया खान जानुभयो भने ३०–४० रुपैयाँ पर्छ । यसको हिसाब गर्नुहुन्छ भने हामीले दिइरहेको सर्भिसको भ्यालु कम हुन्छ । नेपालीको एउटा घरमा औसत ५ जना छन् । ५ जना मान्छेले २४ सै घन्टा २ सय च्यानल हेर्न पाएको छ ।

मार्केटमा टेलिभिजन च्यानलको कष्ट बढ्ने क्रममा छ । किनभने हामीले धेरै कन्टेन्टहरू विदेशबाट ल्याएका छौँ । इण्डिया, सिँगापुर, युरोपियन देशबाट ल्याएको छ । उनीहरूले डलरमा चार्ज गर्छन । हामीले सुरु गर्दा ७४ रुपैयाँ डलरको भाउ अहिले १२० रुपैयाँ पुगेको छ । स्याटेलाइटको खर्च पनि डलरमा हुन्छ । ७४–७५ रुपैयाँमा फिटिङ गरेका स्याटेलाइट अहिले १२० रुपैयाँ पुगेको छ । त्यसैले हाम्रो सेवा शुल्क महंगो भयो भन्ने ठाउँ नै छैन ।

डिसहोमले धेरै पैसा कमायो, अर्बाै पैसा कमायो भनेर महंगो भन्ने आधार पनि छैन । यो १० बर्षको अन्तरालमा डिसहोमले सरकालाई ७ सय करोड भन्दा बढि कर उठाइदिसकेको छ । हामीले ट्याक्स तिरेको भन्दैनौं । ट्याक्स उठाएको, रोयल्टी उठाएको, विभिन्न सेवा सुविधा ग्राहकसग बटुलेर सरकारलाई दिएको हो । त्यसैले डिसहोमको शुल्क महंगो भयो भन्ने आधार खासै देख्दिन । तर, अलिकति महंगो हुने आधार देखिएको छ । किनभने विदेशी च्यानलहरूले पनि कष्ट बढाइरहेका छन् ।

क्लिनफिड लागू भएपछि समस्या थपियो नि ?

क्लिनफिड बनाउनको लागि हामीले फर्दर इक्यूपमेण्ट प्रयोग गर्नुपरेको छ । त्यो इक्यूपमेण्टको डाइरेक्ट्ली वा इन्डाइरेक्ट्ली हामीबाट पैसा लग्छन् । हाम्रो आफ्नो पनि खर्च बढ्दो छ । त्यो खर्च ग्राहक शुल्कमा प्रभाव पर्न सक्छ । सरकारले राहत दिनु परै जाओस्, अहिलेसम्म प्राथमिकतामा पनि राख्न सोचेको पनि छैन । को रो ना भाइरसलाई मध्यनजर गर्दै नेपालको मिडियालाई रोयल्टी २ प्रतिशतबाट १ प्रतिशतमा झारियो । तर, हामीजस्ता सेवाप्रदायक डिसहोमलगायत कम्पनीले २ प्रतिशत नै रोयल्टी तिर्नुपरेको छ । म अहिले डिजिटल टेलिभिजन अप्रेटर एशोसिएसनको अध्यक्ष पनि छु । यो इण्डस्ट्री पनि जोखिमपूर्ण हिसाबले राख्नुपथ्र्यो । प्लेअरहरू धेरै छन् । कम्पिटीसन धेरै छ, तर त्योअनुसारको मार्केट छैन ।

पहिला एउटा तारबाट पूरै गाउँले नै हेर्न मिल्ने व्यवस्था थियो । त्योसँग तुलना गर्दा महंगो भयो । त्यतिबे ला सरकारलाई कर बु झाउनु पर्ने लगायत बाध्यता थिएनन् । वर्षमा १ सय करोड रुपैयाँ नै डिसहामेले विभिन्न किसिमका ट्याक्स बुझाउँछ । त्यो सय करोड कहाँबाट आयो त ? कहिलेकाहिँ पाठ पनि हुन्छ । यसलाई दुई प्रकारले हेर्न मिल्छ । एउटा हामीले महंगो बनायौं, अर्काे तुलनात्मकरुपमा विश्वब्यापी हेर्ने हो भने सबैभन्दा सस्तो टेलिभिजन हेर्नेमा हामी पर्छाैं ।

इन्टरनेट प्रदायक कम्पनीहरूले पनि टेलिभिजन फ्रिमा दिने गरी सेवा दिइरहेका छन्, पहिला डिसहोमले पनि दिने भनेर चर्चा चलेको थियो, यसको प्रक्रिया कहाँ पुग्यो ?

हामीले इन्टरनेट पनि प्रोभाइड गरिरहेका छौं । काठमाडौंका केही ठाउँमा सुरु गरिसकेका छौं । काठमाडौंभन्दा बाहिर पूर्व र पश्चिमका केही ठाउँमा सुरु गरेका छौँ । अर्काे वर्षमा नेपालभरि पु¥याउने लक्ष्य छ । दुर्गम क्षेत्रमा आजैमात्र कुरा गरेको थिए । आकाशबाट डिसहोमको जस्तै इन्टरनेटको पनि सेवा दिने तयारी छ । अहिले हामीले सुरु गरिसकेका छौँ । मुख्य सहरमा २ महिना र पूरै देशमा यो वर्षको अन्तिमसम्ममा आइपुग्छौं ।

यूट्यूबका कारण टेलिभिजनका प्रयोगकर्ता घटिरहेका छन्, अब टेलिभिजनको भविष्य कस्तो देख्नुहुन्छ ?

हामी त एउटा प्लाटफर्म हो । प्लाटफर्म परिवर्तन हुनसक्ला । जो राम्रोसँग दिनसक्छ, त्यही नै टिक्ने हो । टेक्नोलोजी पनि परिवर्तन भैरहेकाले हामी पनि परिवर्तन गरिरहेका छौँ । अहिले डिसहोम मोवाइल एप, कम्प्यूटर, ल्यापटपमा हेर्न मिल्छ । यो प्लाटफर्मलाई परिवर्तन गर्दै ग्राहकको चाहनाअनुसार नै अघि बढिरहेका छौँ । टेलिभिजन प्रविधि डेड हुने कुरामा म विश्वास लाग्दैन । विभिन्न कार्यक्रमहरू टेलिभिजन बाहेक अरूमा हेर्न सम्भव नै छैन ।

तपाइ“ले डिसहोमको नेर्तत्व लिएपछि कम्पनी नाफामा गयो, के गर्नुभयो त्यस्तो चमत्कार ?

चमत्कार त केही गरेको छैन । मेरो अरू विजनेशमा पनित्यस्तै फेलोसोपी छ । मैले जानेको कुरा के भने पहिले विकास गर्ने त्यसपछि पैसाले आफैं फलो गर्छ । मेरो कन्सेप्ट त्यै हो । पहिले ग्राहाकलाई सन्तुष्टी बनाउने । त्यसको रिजल्ट अहिले आएको मात्रै हो । मुख्य कुरा ग्राहकले पत्याइदिनुभयो । टिम पनि स्ट्रङ छ अर्को बोर्ड सदस्यले पत्याएर पैसा हाल्दिनुभयो ।

तपाई सुरुमा कर्मचारीको रुपमा छिर्नुभयो, अहिले आफैँ प्रबन्ध सञ्चालक हुनुहुन्छ, तपाईको आफ्नो लगानी पनि छ ?

सुरुमा पनि म लगानीकर्ता नै हो । बीचमा डिस टिभी र होम टिभी मर्जर हुँदा हामीले राइटअप गर्नुपर्दा लगानी केही घट्यो । पछि केही लगानीकर्ताहरूले छुट्टिने भएपछि डिसहोम टिभीमा मैले अपरच्यूनिटी देखेर लगानी बढाएँ । लगानी थपेपछि म प्रबन्ध सञ्चालक पनि छु ।

तपाइ“ एउटा विकास बैंकको अध्यक्ष पनि हुनुहुन्छ, दोहोरो जिम्मेवारीको बोझ कत्तिको छ ?

म कर्मचारीभन्दा पनि खासमा एन्टरप्रेनर हो । बैंक र डिसहोम त पब्लिक कम्पनी भए यीबाहेक अरू धेरै संस्थामा म आवद्ध छु । डिसहोममा मेरो कार्यकारी भूमिका हो । कामना सेवा विकास बैंकमा बोर्डको अध्यक्ष स्टाटेजिक रोलमा छु । अरू व्यवसायमा म कार्यकारी भूमिकामा छैन, बोर्ड सदस्यको रुपमामात्र छु । ती कम्पनी पब्लिक नभएकोले धेरैलाई थाहा नभएको हो । मेरो मुख्य समय डिसहोमलाई नै दिएको छु ।

कामना सेवा विकास बैंकले निकालेको वित्तीय विवरणमा नाफा धेरै देखिएपछि सेयर मूल्य निकै बढाइएको छ, कसरी यस्तो भयो ?

नेपालको सेयर बजारमा धेरै प्ले हुन्छ भनिन्छ । ठूला लगानीकर्ताले सेयर बढाउने घटाउने गर्छन् भन्ने सुनिन्छ । हाम्रो बैंकको सेयर १४०/१५० मा पनि बसेको थियो । त्यतिबेला एजीएममा साथीहरूले सेयर मूल्य कम भो पनि भने । त्यतिबेला मैले हामी टिक्ने बेला हो । हामी परिवर्तन गर्दैछौं भनेको थिएँ । हामीले एउटा संकल्प नै गरेर भिजन २०८० भनेर लागेका छौं । त्यसलाई साकार बनाउने ठाउँहरू प्रशस्त देखिरहेका छौं । ५ वर्षे भिजन बनाएका थियौं, ५ वर्षमा टप थ्री बैंकमा ल्याउने संकल्प गरेका थियौं । बीचमा अरू २/४ वटा विकास बैंकहरू मर्जरमा गए, त्यसले हामीलाई ठाउँ दियो । डेभलपमेन्ट बैंकहरू घटे ।

त्यतिबेला राष्ट्रियस्तरको विकास बैंकमध्ये २ वर्ष अगाडि कान्छो बैंक थियौं । कास्की फाइनान्सबाट बढ्दै गएर हामी राष्ट्रियस्तरको विकास बैंक भएका हौं । त्यतिबेला हाम्रो व्यवसाय राष्ट्रियस्तरको जस्तो थिएन । त्यतिबेला हामी पुछारमा थियौं । कोभिडले अलि डिष्टव गर्यो, नत्र हामी एउटा गतीमा गैसकेका हुने थियौं । अहिले कामना सेवा विकास बैंक टप थ्रीमा आइसकेका छौं ।

कामना बैंकले र बैंककै केही सञ्चालकले ३४ नम्बर ब्रोकरबाट सेयर कारोवार गर्दा रहेछन्, त्यहा“ इन्साइडर ट्रेडिङ बढी भएको भन्ने चर्चा छ नि ?

हाम्रो बैंकका धेरै सेयरका कारोवारी छन् जस्तो लाग्दैन, त्यसले गर्दा इन्साइडर ट्रेडिङको सम्भावना कम नै देख्छु । २४० को सेयर एकैपटक २९० मा पुग्यो, सेयरको भाउ बढ्यो भनेर हामीले सोध्छौं । एउटा त ओभरअल बजार बढेकाले हाम्रो पनि सेयर बढेको जस्तो लाग्यो । अर्को हाम्रो सेयरमा अण्डरभ्यालु भएकै हो जस्तो लाग्छ । सेयर बजारमा हामीबाट प्ले भएको छैन । विकास बैंकमा टप थ्रीमा आइसकेपछि प्राइसिङ पनि त्यै प्रकारले बढेको होला । अर्को कुरा बैंकको इण्डीकेटरहरू राम्रा छन् ।

विकास बैंकहरू टिक्न नसक्ने भए मर्जरमा जानुपर्ने अवस्था आयो भनिन्छ, के कामना बैंक पनि मर्जरमा जान्छ ?

मर्जरको सम्भावना छैन म भन्दै भन्दिन । मर्जरमा जानैपर्छ भन्ने पनि कारण छैन । मैले मर्जरमा जाँदा हेर्ने ३ कुरा भनेको कर्मचारीलाई फाइदा, ग्राहाकलाई फाइदा हुन्छ र सेयरधनीलाई फाइदा पुग्छ ? भनेर हेर्ने हो । यी ३ कुरामा फाइदा हुन्छ भने मर्जरमा जाने संभावना प्रवल छ । अहिले हामी राम्रोसंग जमेर बसिरहेका छौं । जग राम्रो हालेका छौं । हामीलाई मर्जरमा जादाँ र नजाँदा दुबै हातमा लड्डु छ ।

गतवर्ष लाभांश नदिएको बैंकले यस वर्ष सेयर धनीलाई लाभांश दिन सक्छ ?

क्यापिटल एडुकेसीको इस्यू छ । अहिले हामीले १ अर्वको डिभेञ्चर पनि निकालेका छौं । डिबेञ्चर विक्री सकिन लागेको छ । यसले अरू १० अर्वको व्यापार गर्न बाटो खुला गर्नेछ । आगामी वर्ष क्यासभन्दा बोनस सेयर दिँदा नै फाइदा हुन्छ जस्तो लाग्छ । कति डिभिडेण्ड दिन सकिन्छ सल्लाहा गर्छौं, के फाइदा हुन्छ त्यै गर्छौं ।


प्रतिक्रिया दिनुहोस्