सिंगटी हाइड्रोको आइपीओमा मागभन्दा २०.३७ प्रतिशत बढी आवेदन, १७ करोड ४५ लाख रुपैयाँ बढी संकलन « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

सिंगटी हाइड्रोको आइपीओमा मागभन्दा २०.३७ प्रतिशत बढी आवेदन, १७ करोड ४५ लाख रुपैयाँ बढी संकलन



काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १९ हजार १९८ जनाले आवेदन दिएका छन् । आयोजना प्रभावितलाई निष्काशन गरिएको आइपीओमा १७ लाख ४५ हजार ३५३ कित्ताका लागि आवेदन परेको निष्काशन कम्पनीले जनाएको छ । हालसम्म १७ करोड ४५ लाख ३५ हजार ३०० रुपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा २०.३७ प्रतिशत बढी हो ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको गरेको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको अतिप्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो ।

सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । बाँकी २९ लाख कित्ता भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने जनाएको छ । पहिलोपकट कुनै हाइड्रोपावर प्रोजेक्टको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरिएको प्राथमिक सेयरमा मागभन्दा बढी आवेदन परेको हो ।


प्रतिक्रिया दिनुहोस्