सिटिजन्स बैंकका डेपुटी सीईओ देवकोटाले दिए राजिनामा « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

सिटिजन्स बैंकका डेपुटी सीईओ देवकोटाले दिए राजिनामा



काठमाडौं । सिटिजन्स बैंकको डेपुटी सीईओ रहेका बोधराज देवकोटाले राजिनामा दिएका छन । देवकोटा सिटिजन्स बैंकमा स्थापना कालदेखी नै आवद्ध रहँदै आएका थिए । उनले चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।

बैंकमा क्रेडिटको एक्स्पर्ट भित्र पर्ने देवकोटाले नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका देवकोटा सिटिजन्स बैंकमा विगत ४ वर्षदेखी डेपुटी सीईओमा कार्यरत रहेका थिए ।

अर्थपथसंग कुरा गर्दै देवकोटाले आफ्नो निजी कारणले राजिनामा दिएको बताएका छन । नेपाल बैंकमा १० वर्ष काम गरेका देवकोटा पछि सिटिजन्स बैंकमा १२ वर्ष सेवा गरिसकेका छन् । उनिसंग करिव २५ वर्षको बैंकिङ अनुभव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्