संसद पुनर्स्थापनाले सेयर लगानीकर्तामा उत्साह, टिएमएसमा समस्या आउँदा कारोवार ६ अर्वमात्रै « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

संसद पुनर्स्थापनाले सेयर लगानीकर्तामा उत्साह, टिएमएसमा समस्या आउँदा कारोवार ६ अर्वमात्रै



काठमाडौं । मंगलबार संसद पुनस्र्थापना हुँदा सेयर बजामा केही हरियाली छाएको छ । मंगलबार बेस्सरी घटेको सेयर बजार बुधबार भने १२.५६ अंकले बढेको छ । मंगलबार देशमा संकटकाल लाग्ने हल्लाले घटेको बजार बुधबार भने केही राहात महशुस गरिएको छ ।

बुधबार अनलाइन स्टम टिएमएसमा समस्या आँउदा कारोबार भने घटेको छ । बुधबार ६ अर्व ७० करोड १८ लाखको मात्रै कारोवार भएको छ । बुधबार कारोवार खुम्चिएको छ । सेयर बजारमा ८ अर्वभन्दा बढीको कारोवार हुँदै आएकोमा बुधबार कारोबार रकम ६ अर्बमा झरेको हो ।

बुधबार २०४ कम्पनीका ६९ हजार ९ सय ९४ कित्ता सेयर कारोवार भएको छ । टिएमएसमा समस्या आउँदा बजार ह्वात्तै घट्ने र ह्वात्तै बढ्ने समस्या देखिएको थियो । टिएमएसमा समस्या आएको कारण नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य शत प्रतिशतले बुधबार नेप्से सूचक पनि ८८ अंकसम्म घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्