कुमारी इक्वीटि फण्डमा ४ दिनमै मागभन्दा बढीकै आवेदन आउनेछ « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

कुमारी इक्वीटि फण्डमा ४ दिनमै मागभन्दा बढीकै आवेदन आउनेछ



पुष्प शर्मा, चिफ अपरेटिङ अफिसर, कुमारी क्यापिटल लि.

पछिल्लो समय कुमारी कुमारी क्यापिटल मर्चेन्ट बैंकिङ बजारमा एग्रेसिभली आएको छ । कुमारी बैंकद्वरा प्रर्वधित कुमारी क्यापिटलले बैंकको कुमारी इक्विटी फण्ड ल्याएको छ । गत शुक्रबारदेखी ल्याएको सो फण्ड यही छिटोमा मंगलबारसम्म खुल्ला हुनेछ ।
प्रति इकाई रु १० रुपैयाँ मूल्य रहेको सो फण्ड ८० लाख इकाइको बिक्री खुल्ला भएको हो । कुमारी इक्विटी फण्डमा न्यूनतम १ हजारदेखि बढीमा ८० करोडसम्मको आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको चिफ अपरेटिङ अफिसर हुन पुष्प शर्मा । नेपाल एसविआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनि एसविआई बैंक र मर्चेन्ट बैंकिङमा गरेर एकदशक विताए । अहिले कुमारी क्यापिटलको लगानी व्यवस्थापकको समेत जिम्मेवारीमा रहेका शर्मासंग अर्थपथडटकमले आइतबार गरेको कुराकानीको सारसंक्षेपः–

कुमारी इक्विटी फण्डको बजारमा रेस्पोन्स कस्तो पाउनुभएको छ ?
बजारको ट्रेण्ड हेर्दा अहिले बजारमा जति म्यूचुअल फण्डहरु छन तिनिहरुको राम्रो रेस्पोन्स छ । अहिले भएको फण्डहरुको ट्रेडिङ पनि १० भन्दा माथी छ र न्याव २० को हाराहारीमा पुगेको अवस्था छ । भोलाटायल मार्केटमा इन्भेष्टर्सको लागी लगानीको उत्तक विकल्प हो भन्छौं हामी ।

बजारमा राम्रो भनिएका कम्पनीहरुको फण्ड पनि लसमा रहेका छन्, तपाँईहरुले ल्याएको कुमारी इक्विटी फण्डचाँही राम्रो हुन्छ भन्ने के ग्यारेन्टी छ ?
हाम्रो यो फण्डको अवधी एक त १० वर्षको छ । यो लङ टाइम हो । स्टक मार्केटको ट्रेण्ड हेर्दा ४ वर्षमा बुल हुने गरेको देखिन्छ । हामीले गर्ने लगानीले २ ओटा बुल अवश्य भेटाउछौं । यस्तो सेलेक्टेड स्टकमा लगानी गर्छौं जहाँबाट रेगुलर कम्पनीले दिने डिभीडेण्ट लगायत मार्केटमा ट्रेड हुँदा क्यापिटल एप्रिसेसन जुन हुन्छ, त्यसलाई फोकस गरेर नै हामी इन्भेष्टमेन्ट गर्छौं । हाम्रो लगानी रिर्सच गरेरनै हुन्छ । आजको दिनमा म्यूचुअल फण्डले दिने रिर्टनचाँही बैंकको फिक्समा राखेको व्याजभन्दा माथी छ । हाम्रो टाइम होराइजन र लगानीमा व्यूटी कम्पनीहरुमानै गर्ने भएकोले यूनिट होल्डर्सको आकांक्षा पुरा गर्न सकिन्छ ।

कुमारी इक्विटी फण्डमा सर्वसाधारणले किन लगानी गर्ने ?
जोसंग सानो रकम पैसा छ, उहाँहरुले राम्रो कम्पनीको सेयर किन्न सक्नुहुन्न । म्युचुअल फण्डबाटभने उहाँहरुको सो कम्पनीमा पार्टीसिपेट रहन्छ । १ हजारदेखी ८ करोडसम्म लगानीगर्ने सिमा छ त्यसमा रहेर लगानी गर्नुभएमा सबै चलेका कम्पनीको सेयर होल्डर हुन सक्छन ।

१० वर्षमा डवल बन्छ भन्नुभएको छ नि ?
हाम्रो एकदमै कन्जरभेटिभ प्रोजेक्सन मात्रै हो । रियलमा त यो भन्दा धेरै नै हुन्छ । टाइम पनि लामो छ । यो डवलभन्दा माथीनै हुन्छ । १० रुपैयाँको युनिट २२÷२३ रुपैया पुग्छ भन्ने अनुमान गरेका छौं । यो भन्दा बढीनै हुन्छ ।

कतिपय फण्डहरुले व्याजबाट मात्रै आन्दानी गरेर बसेका छन नि ?
हिजोको दिनमा रिक्सी बजारमा लगानी गर्नुभन्दा १२÷१३ प्रतिसत बैंकको व्याजमा राख्नुनै ठिक थियो । फण्ड म्यानेजरहरुले युनिट होल्डर्सहरुलाई एक प्रकारले राम्रौ रिर्टन दिएका थिए ।

युनिट होल्डर्सहरुको जुन लगानी छ त्यो दोस्रो बजार बाहेक अनेत्र पनि लगानी हुन्छ ?
धितोपत्र बोर्डले लगानी गर्ने एरियाहरु तोकिदिएको छ । त्यै एरियाभित्र रहेर लगानी गर्ने हो । मुख्य तय दोस्रो बजारमै लगानी गर्ने हो । हाम्रो प्रोजेक्सन ७० देखी ७५ प्रतिसत इक्वीटिमै लगानी गर्ने हो । इक्वीटि इन्भेष्टमेन्ट भनेको अरुमा जस्तो रिक्स बढी हुन्छ । जहाँ रिक्स बढी हुन्छ त्यहाँ रिर्टन पनि उत्तिकै हुन्छ । रिक्स मिनिमाइज गरेर रिर्टनलाई म्यक्सिमाइज गर्ने हाम्रो योजना रहेको छ ।

अरु फण्ड र कुमारीले ल्याएको यस फण्डमा फरक के छ ?
अहिले बजारमा देखिएको फण्डको टाइप उस्तै उस्तै नै हो । सबै फण्डहरुको मेजर इन्भेष्टमेन्ट इक्वीटिमै हो । एकदमै भाष्ट फरकचाँही छैन तर हामीले राम्रो कम्पनहिरुमा मात्रै इन्भेष्टमेन्ट गर्ने योजनाले गर्दा अरुको भन्दा अलि फरक देखिन्छ कि ?

फण्डमा पव्लिकको खासै रुचि देखिँदैन, यसको लागी अवरनेशको जरुरी छैन ?
त्यो हामीले सोचेको पनि हो । यसको लागी मर्चेन्ट बैंकर एसोसिएसनबाट जागरणका कार्यक्रमहरु बजारमा ल्याउने आश गरेका छौं । व्यक्तिगत रुपमा जुन रिक्स लिएर लगानी गर्छन, अवश्य उहाँहरुले रिर्टन त अवश्य पाउँछन । हामीले रिर्सच गरेर गरेको लगानी भन्दा व्यक्तिगत रुपमा रिक्स पनि बढी छ । रिर्टन पनि बढिनै छ । बुलिस पिरियडमा रिर्टन बढी देखिएको हो तर जब बजार वेरियस वे मा जान्छ त्यसबेला रिक्स हामश्ीले मिनिमाइज गर्छौ भने पव्लिकको बढीनै देखिन्छ ।

फण्ड ल्याउँदाकै बजारमा राताम्ये भएको छ नि ?
बजारको व्युटि भनेकै अप एण्ड डाउन हो । अफहुँदा सबै राम्रो हुन्छ । म्युचुअल फण्डमा गरेको लगानीको विभिधिकरण भएको हुनाले त्यतिधेरै आत्तिनुपर्ने अवस्था छैन ।

शुक्रबारदेखी निष्कासन भएको फण्ड ४ दिनबै सबै विक्री हुन्छ ?
निश्कासनको दोस्रो दिन १८ करोडको विक्री भैसकेको छ । बाँकी २ दिनमा सबै विक्री हुनछ भन्ने अपेक्षा गरेका छौं ।

यसपछि कुनै अरु फण्डबारे पनि सोच्नुभएको छ ?
भोलीको दिनमा अरु इन्भेष्टमेन्ट बैंकिङ भएको नाताले अरु राम्रो फण्डहरु पनि ल्याउँछौं ।


प्रतिक्रिया दिनुहोस्