राष्ट्र बैंकले दोब्बर बढायो मोवाइल बैंकिङको सिमा, डिजिटल भुक्तानी अझै सरल बन्दै « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

राष्ट्र बैंकले दोब्बर बढायो मोवाइल बैंकिङको सिमा, डिजिटल भुक्तानी अझै सरल बन्दै



काठमाडौं । सरकारले विद्युतीय कारोवारलाई बढावा दिँदै आएको छ । मोवाइल बैंकिङमार्फत हुने कारोवार बढाउँदै लगेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोवारको दायरा बढाएको हो ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा दोब्बर बढाएको छ । राष्ट्र बैंकले अनलाइन कारोवारमा बढावा दिने हेतुले अनलाइन कारोवार सिमा बढाएको छ । बुधबार बैंक वित्तिय संस्थालाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र रकम ट्रान्फरको सिमा बढाएका छन ।

हाल मोवाइल बैंकिङ दैनिक १ लाखको कारोवार हुँदै आएकोमा दोब्बर बढाएर दुई लाख रुपैयाँको लिमिट पुर्याएको छ । यद्येपी सरकारी राजश्व, कर, सवारी दस्तुरलगायतको भुक्तानीमा भने सिमा नलाग्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले कोरोनाको समयमा २५ हजार सिमाबाट १ लाख पुर्याएको थियो । अव मोवाइल वालेटबाट हुने कारोवारको दायरा बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्