२ चैत्र २०७७, सोमबार

म्युचूअल फण्ड नै अहिले लगानीको उत्तम विकल्प होः श्रेष्ठ



विजयलाल श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत सनराइज क्यापिटल लिमिटेड

हाम्रो पहिलो फण्डले ४० प्रतिशत रिटर्न दिन्छ ।

  • तपाइँहरूले ल्याउन लागेको म्युचूअल फण्डको नयाँ स्किम कस्तो हो ?

हाम्रो यो सनराइज म्युचूअल फण्ड दोस्रो म्युचूअल फण्ड हो । यसमा नयाँ विशेषतासहित निकाल्दैछौँ । यसको नाम नै हामीले ब्लूचिप राख्नुको कारण हामीले ब्लूचिप कम्पनीहरूलाई मात्र लगानी गर्छाैं । क्रिम कम्पनीमा दीर्घकालिन हिसाबले लगानी गर्ने हुनाले यसले दिने प्रतिफल पनि राम्रो हुनेछ ।

अहिले सेयर बजार टुप्पोमा पुगेको बेलामा फण्ड ल्याउँदा रिटर्न दिन सकिएला र ?

समय त अहिलेको लागि हाई नै छ, बुलिस अवस्था नै हो यो । यही कारणले लगानीकर्ताहरूले यस्तो बेलामा डाइरेक्ट आफूले सेयर बजारमा लगानी नगरिकन सामूहिक लगानीकोषमार्फत गर्दा बढी सुरक्षित भइन्छ । जुन सामूहिक लगानीकोषमा हामीले दक्ष जनशक्तिबाट हरेक दिनको टेक्निकल, फाइनान्ससियल सबै डाटा एनालाइसिस गरिकन लगानी गर्ने हो । अर्को कुरा म्युचूअल फण्डलाई मार्केटमा छिर्न कुनै पनि समय नराम्रो भन्नेचाहिँ हुँदैन । अहिले एक अर्बको फण्ड हो । हामी सम्पूर्ण सय करोड नै अहिलेको अहिलै लगानी गर्ने होइनौं । मार्केट टाइम र अपरच्यूनिटी हेरिकन, सबै कम्पनीको फाइनान्ससियल एनालाइसिस गरिकन, ट्रेण्ड हेरिकन, विस्तारै हामी एसआईपी मोडलमा इन्भेष्ट गर्छाैं ।

कसरी गर्नुहुन्छ त लगानी ?

विस्तारै लगानी गर्दै जान्छौं । हामी ८० प्रतिशत इक्वीटीमा गर्छांै भने २० प्रतिशत बैंकको एफडी र डिबेञ्चरमा गर्छाै। डिबेञ्चर र एफडीमा हामी तत्काल गर्छाैं भने स्टकमा हामी बिस्तारै गर्दै जान्छौं । हुन त एफडी र डिवेन्चरको दर पनि अहिले कम नै छ, यद्यपि लगानी रणनीति विज्ञहरूको समितिले निर्धारण गर्ने हो । यसर्थ, हामी इकाइधनीहरूलाई राम्रो प्रतिफल दिने कुरामा ढुक्क छौँ ।

पहिलो फण्डको रिटर्न कस्तो छ ?

हाम्रो पहिलो फण्डको रिटर्न धेरै राम्रो छ । हामीले सुरु गरेको जम्मा १५ महिनामात्र भयो । आउने सालमा हामी ४० प्रतिशत रिटर्न दिन सक्ने अवस्थामा हुनेछौँ । यसर्थ पनि हाम्रो फण्डमा लगानीकर्ताहरूको आकर्षण बढेको देखेका छौं ।

ठूला कम्पनीको आईपीओ आउँदा म्युचूअल फण्डलाई आईपीओमा छुट्याइएको सेयरले बजारमा प्रभाव परेको भन्छन् नि ?

खासै अहिलेको कन्टेष्टमा जुन १० अर्बको कारोबार हुनथालेको छ । १८ वटा म्युचूअल फण्ड भनेको खासै कही हैन । मानौँ, हामीले पाउने भने ५ प्रतिशतमात्रै सेयर हो । ५ प्रतिशत सेयर म्युचूअल फण्डहरूलाई दामासाहीले भागबण्डा गरिन्छ । त्यहाँ पनि सम्पूर्ण फण्डले एकैपटक बेच्ने पनि होइन । उनीहरूले पनि बजारको अवस्था हेरेर प्रभाव नपर्ने तरिकाबाट नै बेच्छन् । यसले बजारमा खासै फरक पर्छ जस्तो लाग्दैन ।

यी म्युचूअल फण्डहरूले दोस्रो बजारबाट नै कमाइरहेका छन् भने उनीहरूलाई आईपीओमा आरक्षण किन दिने ? के यो जरुरी छ र ?

यो म्युचूअल फण्ड वा सामूहिक लगानीकोष भनेको साना लगानीकर्तादेखि लिएर संस्थागत लगानीकर्तालाई, साना–साना लगानीकर्ताले म्युचूअल फण्ड किनोस र लगानी अनुभव र आदत बनोस् भन्ने हो । त्यो म्युचूअल फण्डमा चाहिँ आईपीओको ५ प्रतिशत दिनु भनेको साना लगानीकर्ताहहरूले म्युचूअल फण्डको इकाई किन्दा आईपीओको पनि बेनिफिट लिओस्, भन्ने कारणले हो । तर म्युचूअल फण्डमा लगानी गर्न जुन जागरण हुनुपर्ने हो, अहिलेको अवस्थामा धेरै कम देखिएको छ । भारतलगायतका मुलुकमा म्युचूअल फण्डमा साना लगानीकर्ताहरूको आकर्षण र सरकारले यस्ता फण्डहरूलाई दिएको सुविधा पनि निकै बढी छ । नेपाल म्युचूअल फण्डको बेनिफिटबारे आम–लगानीकर्तालाई बुझाउन र जागरुक गराउन धैरै बाँकी छ । अहिले पनि नया र साना लगानीकर्ताहरूले म्युचूअल फण्डमा लगानी धेरै गरेको देखिँदैन । पुरानाहरूले म्युचूअल फण्डमा जम्मा १० प्रतिशतमात्र लगानी गर्छन् । पहिलेको जस्तो अवस्था नभए पनि अलिक बढेको त छ । नया लगानीकर्ताहरू आईपीओ खुलेको बेलामा किन्ने र होल्ड गरेर राख्ने प्रवृत्ति छ । पहिलेभन्दा अहिले म्युचूअल फण्डमा पोर्टफोलियो छुट्याउने टे«न्डचाहिँ बढेको छ । ३०–४० प्रतिशतसम्म लगानी गरिएको देखिन्छ ।

म्युचूअल फण्डमा लगानी गर्नुभन्दा सिधैँ सेयर बजारमा लगानी गर्दा हुँदैन र ?

सेयरमा पनि लगानी गर्छाै, जुन मार्केट आज बढेको छ भोलि घटेको छ । सामान्य लगानीकर्तामा मार्केटको उतारचढावको विश्लेषण गर्ने क्षमता र समय हँुदैन । मार्केट हेरिरहने टाइम हुँदैन र अनुभव र विज्ञता पनि हँुदैन । मार्केटको जोखिम वहन गर्ने क्षमता पनि हँुदैन । तर, त्यही फण्ड म्युचूअल फण्डमा लगानी गर्यो भने त ढुक्ककासाथ आफू बस्न पायो । फण्ड म्यानेजरले सबै काम हेरिदिने गर्छ । हरेक दिन, हरेक सेकण्ड बजार हेरिरहेको हुन्छ । बढेको बेला बेच्ने, घटेको बेला किन्ने, यो सबै ट्रेडिङ गर्ने काम फण्ड म्यानेजरको हो । स्टकमाभन्दा म्युचूअल फण्ड किनेर राख्नु साना लगानीकर्ता र इन्टिच्यूसनल, ठूला लगानीकर्ता जसलाई दीर्घकालिन लगानी चाहिएको हो, उनीहरूका लागि राम्रो हुन्छ ।

मर्चेण्ट बैंकरहरूको विजनेश घट्दै गएको छ भनिन्छ हो ?

विजनेश घटेको होइन, नम्बर अफ मर्चेण्ट बैंकरहरू बढेको हो । अहिले आएर ३० वटा मर्चेण्ट बैंकरहरू सञ्चालनमा आइसकेका छन् । पहिले २–३ वटा हुँदा धेरै विजनेश हुने भयो, तर अहिले त्यही बिवजनेस तानातान हुँदा घटेको हो । तर, घटेको भन्दैमा हामीले जुन पुराना आईपीओ, राइट र आरटीएस कामबाट कमाइरहेको थियौ त्यो घटेको छ । अब भने त्यसबाट सिफ्ट हँुदै फण्ड म्यानेजमेण्ट र पोर्टफोलियो व्यवस्थापनतिर जाँदैछौँ । अब अरू क्यापिटल सर्भिसतिर पनि जाने सोचमा छौँ । फण्डबेस कामचाहिँ हामी बढाउँदैछौँ । यसले अरू स्कोप बढाउँछ । कम्पनीहरू रेगुलर बिजनेश घट्दै गएपछि आफैँ अर्को विकल्प खोज्न थालिहाल्छन् नि ।

धितोपत्र बोर्डले मर्चेण्ट बैंकरहरूलाई थप काम गर्न दिने भन्ने कुरा कहाँ पुग्यो ?

एक हिसाबले दिइसकेको छ । जुन एड्भाइजरीको मार्फत इक्वीटी फण्डलगायत दिन त दिइसकेको छ । तर, एड्भाइजरी मात्र दिएको छ । जुन हामीले पनि दर्ता गरिसकेको छौँ । यसबाहेकका काम र जिम्मेवारीका विषयमा पनि कुराकानी भैरहेको छ ।

अहिले बैंकको ब्याज घटेको छ । फण्डहरूले सेयर बेचेको पैसा बैंकमा राखेका छन्, यसले आम्दानी घट्ने भएन ?

यसले केही घटाउँछ नै । तर, हाम्रो उद्देश्य भनेको जुन ब्याजबाट कमाउनेभन्दा पनि इक्वीटी ओरिएन्टेड भएको कारणले स्टक मार्केटबाट नै कमाउने हो । जुन कारोबार हुँदा केही फण्डका लागि तरल राखिन्छ र २० प्रतिशत रकम फिक्स्ड डिपोजिटमा राखिन्छ । त्यसको आयचाहिँ धेरै न्यून भयो अहिले । तर, हामीले इक्वीटी र डिबेञ्चरमार्फत फिक्स रिटर्न आउने गरि धेरै लगानी गरेका छौँ । यसैले खासै धेरै आम्दानी घटेको छैन ।

अहिले त धेरै म्युचूअल फण्डको पैसा बैंकमा छ नि ?

हो धेरैले सेयर बेचेर बसेका छन् । त्यो पैसा बैंकमा छ । म्युचूअल फण्डले केहि प्रोफिट गरेर लिक्वीडिटी पनि मेन्टेन गर्नुपर्छ । भोलि बजार केही तल आएको खण्डमा खरिदमा जानुपर्ने हुन्छ, त्यसैले आजको तयारी गरिएको हो । तर, बजारको अवस्था हेरेर पुनः खरिदमा जानुपर्ने पनि हुनसक्छ । यो बजारको अवस्थाले डिपेन्ड गर्ने कुरा हो ।

म्युचूअल फण्डहरूले ठूला आयोजनामा दीर्घकालिन लगानी गर्नुपर्ने होइन, किन यो नपाएको ?

धितोपत्रबोर्डले विशेष केही भनेको छैन । यसको लागि लगानी गर्न नै नपाउने त होइन । यसको लागि हामीले गर्न सक्छौं । तर, अहिलेको केसमा चाहिँ हामी जुन स्टक, डिबेञ्चरबाहेक अरूमा गरेको छैन । हामीले ल्याएको स्किमहरू नै स्टक बेस्ड छन । किनभने यो ५ देखि १० वर्ष
अवधिका फण्ड छन् । भोलिका दिनमा खुलामुखी फण्डहरूले यस्ता दीर्घकालिन योजनाहरूमा लगानी गर्न सक्छन् । त्यो उनीहरूका लागि अवसर हुनेछ ।

नेपालमा म्युचूअल फण्डको भविष्य कस्तो छ ?

म्युचूअल फण्डको भविष्य राम्रो छ । किनकी हामीले २८ वर्ष अगाडि एनआईडिसी क्यापिटल मार्केटबाट जुन फस्र्ट म्युचूअल फण्ड सुरु गर्यौँ । त्यो बेलादेखि अहिलेसम्म धेरै इम्प्रुभ भएको छ । तर, अझै पनि पब्लिक अवेरनेश नभएका कारणले ध्यान पुगेको छैन । जुन म्युचूअल फण्ड किन्दा बेनिफिट नभएकाले पब्लिकले यसमा लगानी त्यति राम्रो गरेको छैन । तर, आगामी दिनमा जुन स्टकबाट केही दिनको लागि मात्र फाइदा र नोक्सानी पाउने र फाइदा भएकाले बुलिस ट्रेण्डमा मात्रै लगानी गर्छ । म्युचूअल फण्ड लगानी सबैजना सेल्फ इन्भेष्ट गर्न सकिने हुँदा भोलिको दिनमा चाहिँ स्टक किन्नुभन्दा म्युचूअल फण्डमा लगानी गरेर ढुक्क बस्नु भन्नेचाहिँ हुनद सक्छ ।

सर्वसाधारणले तपाइहरूको ब्लूचिप फण्डचाहिँ किन किन्ने ?

ब्लूचिप भनेपछि हामीले यस्तो कम्पनी छान्छौँ कि जुनचाहिँ एकदमै रिस्क कम भएको र प्रतिफलको सम्भावना ज्यादा भएको हुन्छ । नामै ब्लूचिप भनेको संसारभरि राम्रो कम्पनीमा गरिन्छ । एउटा त लार्ज क्याप कम्पनीहरू हुन्छ । जुन लङ टर्म रिटर्न राम्रो दिइरहेको, स्टेबल कम्पनी, प्रोपर गभर्नेन्स राम्रो भएका कम्पनीमा मात्र लगानी गरिन्छ । र केही कम्पनी हामीले भोलि गएर ब्लूचिप कम्पनीका रुपमा कन्भर्ट हुनेखालको कम्पनीहरूमा लगानी गर्छाैं । यसमा हामीले वार्षिक प्रतिफल २२.३८ अपेक्षा गरेका छांै । त्यो भनेको अहिले एफडी र डिबेन्चरमा भन्दा धेरै हुन्छ । र स्टकमा पनि एभरेज रिटर्नभन्दा राम्रो हामीले दिन सक्छौं । सर्वसाधारणहरूको म्युचुअल फण्डमा त्यति इन्ट्रस्ट छैन, विशेषगरी हकप्रद आउने हल्ला चलेका कम्पनीमा चासो देखिन्छ ।

यसमा कस्तो खालको रेस्पोन्स आइरहेको छ ?

यसको रेस्पोन्स पहिलाभन्दा बढेको छ । पहिलाभनेको ५–१० प्रतिशत र अहिले आएर ३०–४० प्रतिशतसम्म पब्लिकले हाल्नथालेका छन् ।

४ दिनमा सबै सस्क्राइब हुन्छ ?

अहिलेको टाइममा ओभर सस्क्राइब हुने टाइममा हामीपनि एक्सपेक्ट गरौं । सनराइज ब्लूचिप फण्ड ४ दिनमा नै ओभर सस्क्राइब हुन्छ ।


प्रतिक्रिया दिनुहोस्