नागरिक लगानी कोषको १७.८९ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

नागरिक लगानी कोषको १७.८९ प्रतिशत लाभांश घोषणा



काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

कोषको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद (करसहित) गरि कूल् १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्