ज्योति लाइफको सेयर सूचीकृत, ओपनिङ रेञ्ज र कारोबार संकेत तोकियो, कारोबार कहिले ? « Arthapath.com
२४ चैत्र २०७७, मंगलवार

ज्योति लाइफको सेयर सूचीकृत, ओपनिङ रेञ्ज र कारोबार संकेत तोकियो, कारोबार कहिले ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) दोश्रो बजारमा सूचीकृत गरिएको छ । ज्योति लाइफको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गरिएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि JLI सिम्बोल पाएको छ ।

कम्पनीको सेयर भोलि (बुधबार)देखि दोस्रो बजारमा कारोबारमा गरिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १२० रूपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ।

ज्योति लाइफको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदकबाट ३ करोड ८४ लाख ८६ हजार २० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये १७ लाख ९७ हजार ८३५ आवेदकबाट माग भएको ३ करोड ५८ लाख ९९ हजार ३६० कित्तामात्र सदर भएको थियो । कुल आवेदनमध्ये ४१ हजार ७०३ आवेदकबाट माग भएको २५ लाख २८ हजार ६५० कित्ता बदर भएको थियो । त्यस्तै शंकास्पद ३१ हजार ५०५ आवेदकबाट परेको ६ लाख ४१ हजार ४७० कित्ता तथा अयोग्य २ हजार ९४२ आवेदक परेको ५८ हजार १० कित्ता पनि बदर भएको थियो।

यो आईपीओमा गोलाप्रथाबाट ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले ५९ लाख ४० हजार कित्ता सेयर पाएका छन् ।

606c207b1d27a.JPG


प्रतिक्रिया दिनुहोस्