रु रु जलविद्युतको आईपीओ ३७ हजार ९१६ जनाले १० कित्ता पाउने, भाग्यमानी ७ जनाले ११–११ कित्ता पाउने, ९८ प्रतिशतको हात रित्तो « Arthapath.com
२५ चैत्र २०७७, बुधबार

रु रु जलविद्युतको आईपीओ ३७ हजार ९१६ जनाले १० कित्ता पाउने, भाग्यमानी ७ जनाले ११–११ कित्ता पाउने, ९८ प्रतिशतको हात रित्तो



काठमाडौं । शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा मंगलबार ५ः१५ बजे सम्मको तथ्याङ्क अनुसार १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आईपीओमा ६२ गुणा बढी आवेदन परेको हो । यो तथ्याङ्क बढ्न हुन सक्ने छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

माग भन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथा बिधिबाट बाँडफाँड गरिने छ । आईपीओ बाँडफाँड गर्दा सबैलाई पर्ने गरि १० कित्ताका दरले बाँडफाँड गरिने छ । त्यसैले ३७ हजार ९१६ जनाले १० कित्ता पाउने छन् भने बाँकि ७ जना भाग्यमानीले ११–११ कित्ता पाउने भएका छन् । यसरी कम्पनीको आईपीओमा ९८ प्रतिशत बढि लगानीकर्ताको हात रित्तो हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्