३० चैत्र २०७७, सोमबार

पर्यटन पूर्वाधारमा नयाँ क्रान्ति, डाँडा-डाँडामा केबलकारः वरिष्ठ उपाध्यक्ष ढकाल



चन्द्र प्रसाद ढकाल वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघ

कोभिड–१९ कोरोना भाइसरका कारण विश्वभरको पर्यटन क्षेत्रमा गम्भिर असर पारेको छ । जसमा पर्ने असरका विषयमा विश्वका संस्थाहरुले प्रक्षेपणहरु पनि गरिरहेका छन् । पर्यटन क्षेत्रलाई जहिल्यै पनि जोखिमपूर्ण व्यवसायको रुपमा संसारभर लिने गरिन्छ । विगतका वर्षहरुमा पनि पर्यटनमा विभिन्न खालेसमस्याहरु नआएका होइनन् । नेपालको सन्दर्भमापनि प्रत्येक १० देखि १५ वर्षको बीचमा पर्यटन क्षेत्रका विविध असरहरु आइरहेका छन् । समय समय विभिन्न किसिममा घटनाविघटना आइरहेका छन् । यसबीचमा पर्यटन गतिविधि ठप्प भएपनि पूर्वाधार निर्माण भने रोकिएको छैन । सरकारी होस वा निजी क्षेत्रले निर्माण गरिरहेका पूर्वाधार होस । होटल, विमानस्थल, केबलकार र अन्य पूर्वाधार खडा गर्ने कार्य भने रोकिएको छैन ।

अबको पाँच वर्षपछि काठमाडौंबाहिर नै आधा दर्जन बढी पर्यटकीय गन्तव्य विस्तार गरिनसक्ने योजना रहेको छ । यसरी बन्ने प्रत्येक गन्तव्यमा चन्द्रागिरीका जस्तै पूर्वाधार हुनेछन् । केबलकार, होटल, रेष्टुरा, हल तथा अन्य मनोरञ्जन हुने गतिविधि हुने छन् । योजनाको प्रकृति चन्द्रागिरीजस्तै भए पनि यसमा लगानीको मोडालिटी भने फरक हुने छ ।

नेपालको पर्यटन क्षेत्रका पूर्वाधार भन्ने वित्तिकै विमानस्थल, पदमार्ग, होटल भन्ने बुझाई थियो । नेपालको पर्यटन हिमाल आरोहण, जंगल सफारी, पदयात्रा मात्रै भन्ने सोच र परिभाष केही वर्ष यता बदलिएको छ । अहिले विमानस्थल, सडक मार्गसंगै पर्यटनको नयाँ पूर्वाधारमा र प्रडक्टको रुपमा केबल कार आएको छ । केबलकार मात्रै होइन कुनै पहाडमा केलवकार सहित होटल र वरपर बस्तीनै शहरको रुपमा विकास गर्ने मोडलको नयाँ पूर्वाधार खडा हुन थालेको छ । यसको उदारण चन्द्रागिरी केबलकार हो । जहाँ केबलकार मात्रै छ्रैन । होटल, रेष्टुरेन्ट देखि अवलोकन गर्न सकिने भ्यु टावर देखि वरपर साना होटल संगै वस्ती समेत विकास हुदैं गएको छ ।

नेपालको पहिलो पूर्वाधार हो चन्द्रागिरी केवलकार जहाँ अपाङमैत्री पूर्वाधार रहेको छ । यस्ता लगानीले तुरुन्तै प्रतिफल आउने खालका छैनन । यसको लागि सरकारले सहयोग गर्न आवस्यक छ । यो ठाऊमा लगानी गर्नेलाई यतीवर्षसम्म कर छुट दिने, यस्ता सामाग्रीमा राजश्वमा छुट दिने लगायतका विषयहरु सरकारले सोच्नुपर्ने हुन्छ ।

नयाँ पर्यटन गन्तव्यको निर्माण गर्ने काम भने चन्द्रागिरी केवल कारबाट सुरू भयो । चन्द्रागिरीलाई अहिले विदेशी पर्यटकको मात्रै होइन आन्तरिक पर्यटकको पनि घुमफिरको गन्तव्य भएको छ । काठमाडौं वरपरको सवैभन्दा घुम्नैपर्ने गन्तव्यको रुपमा विकास भएको छ । अव यो गति काठमाडौंमा मात्रै रोकिदैन । अहिले नवलपरासी र वुटवलमा केबलकार बन्दै छ । विकास भएका क्षेत्रमा मात्रै होइन कर्णाली चिसापानीमा समेत केबलकार तयार हुदैं छ । अहिले अन्य समूहरु पनि मुक्तीनाथ देखि अन्य क्षेत्रमा केवरकार निर्माणमा लागेका छन् । यसले पर्यटनको नयाँ पूर्वाधारमा क्रान्तिनै ल्याएको छ । नेपालमा निजी क्षेत्रले गन्तव्य बनाउन खासै लगानी गरेको छैन । प्रकृतिले दिएका सगरमाथालगायत हिमाल, ताल तथा वन्यजन्तुबाहेक लगानी तथा सिर्जनशीलताबाट स्थापित भएका वा ‘भ्यालु एड’ भएका त्यस्ता गन्तव्यको खडेरी नेपालमा छ । सबैलाई एकै ठाउँमा आकर्षिक गर्नका लागि एउटा गन्तव्यको विकास गर्न खोजिएको छ ।

मनकामना केबलकारले पनि मनकामनामा धेरै पर्यटक लगेको छ । तर केबलकार नहुँदा पनि मनकामना जाने मानिसको घुँइचो लाग्थ्यो । चन्द्रागिरीमा भने केबलकारले नै मानिसलाई तान्न थालेको हो । पहिलो पटक काठमाडौं आएका र काठमाडौंमै भएकालाई पनि घुम्न जान मिल्ने एउटा रमाइलो गन्तव्य चन्द्रागिरी बनेको छ । सबै विदेशी भिभिआइपी चन्द्रागिरी जाने वातावरण बनेको छ । अन्तर्राष्ट्रिय इभेन्टहरू पनि हुने क्रममा छन् । काठमाडौं आउने हरेक नेपाली पनि चन्द्रागिरी जाने योजना बनाउन थालेका छन् । चन्द्रागिरीको सफलतासंगै देशैभर यस्तै परियोजना निर्माण गर्ने योजना बनाइएको छ । देशका सातै प्रदेशमा केबलकारसहितका गन्तव्य बनाउने अभियानमा छन् । गैंडाकोट, पोखराको सिकलेस, बुटवल, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको गन्तव्य बनाउने योजना रहेको छ ।

अहिले पोखरा, बाग्लुङ क्षेत्रका सहासिक पर्यटकको गन्तव्यनै बन्दै गएको छ । प्यराग्लाडिङ, बञ्जीजम्प, जिप फ्लाइङ देखि अन्य प्रडक्टहरुले विदेशीलाई मात्रै होइन स्वदेशीलाई समेत त्यस क्षेत्रमा तानेको छ । यो देशभर नयाँ नयाँ प्रविधिसंगै नयाँ प्रडक्टहरुको विकास हुनु जरुरी छ । यसले पर्यटन क्षेत्रलाई अर्को क्रान्तिमा लैजाने छ ।

कोरोना कहर नभएको भए गैंडाकोटको योजना अहिलेसम्म सुरु भइसक्थ्यो । त्यहाँ सबै प्रक्रिया सकिएर निर्माणमा जान तयार भइसकेको छ । त्यस्तै पोखरा, बुटवलमा उनको प्रारम्भिक प्रक्रिया सकिएको छ, अरू ठाउँमा गन्तव्य छानिइसकेको छ, कागजी काम हुँदै छ । कोरोना कारण यी सबै आयोजना लगभग एक–दुई वर्षपछि धकेलिने छन् । अबको पाँच वर्षपछि काठमाडौंबाहिर नै आधा दर्जन बढी पर्यटकीय गन्तव्य विस्तार गरिनसक्ने योजना रहेको छ । यसरी बन्ने प्रत्येक गन्तव्यमा चन्द्रागिरीका जस्तै पूर्वाधार हुनेछन् । केबलकार, होटल, रेष्टुरा, हल तथा अन्य मनोरञ्जन हुने गतिविधि हुने छन् । योजनाको प्रकृति चन्द्रागिरीजस्तै भए पनि यसमा लगानीको मोडालिटी भने फरक हुने छ । गैंडाकोटमा स्थानीय पार्टनर छन् । हरेक ठाउँमा यस्तै हुन्छ । यसो हुँदा स्थानीय स्वामित्व र अपनत्व पनि स्थापित हुन्छ । अर्कोतिर प्रतिफल सेयरिङ पनि हुन्छ । यी परियोजनाको विकास गर्न स्थानीय साझेदार पनि इच्छाशक्ति भएको हुनुपर्ने हुन्छ । महंगो परियोजना हुने भएकोले लगानीगर्ने वित्तिकै प्रतिफल र नाफा आउँदैन र यसको लागि दिर्घकालिन योजना आवस्यकपर्छ । काठमाडौं बाहिरका प्रत्येकको परियोजनामा एक अर्ब लगानी हुने छ ।

अर्थतन्त्र र उद्यमशिलतालाई चलायनमान

पर्यटनमा हाम्रा पुराना र प्रकृतिले दिएका पूर्वाधार रहनेनै छन् । यसमा नयाँ मोडलमा गएर पहाडी क्षेत्रमा केबलकार सहितको नयाँ पूर्वाधार खडा गर्दा रोजगारी सिर्जनाको संगै उद्योगमा नयाँ लगानी समेत थप्ने अवसर सिर्जना भएको छ । यसबाट लगानी कर्ताले मात्रै फाइदा लिने छैनन । त्यसवरपर साना लगानीका अन्य पूर्वाधार समेत खडा हुनेछन् । जसबाट प्रत्येक स्थानियलाई आत्मनिर्भर बनाउने छ । भने रोजगारीको अवसर समेत सिर्जना गर्ने छ । एउटै र पुरानो सोचलाई बदलेर केवल कार मात्रै होइन विश्वमा के नयाँ प्रडक्ट आएका छन् । अध्ययन गर्ने र सरकारी नीतिले त्यसलाई सहजीकरण गर्दै लैजाने गर्नु पर्दछ । त्यसका लागि हिमाली क्षेत्रमा पनि नयाँ प्रडक्टहरुको विकास गर्न सकिन्छ । त्यसमा खर्चालुपर्यटक नेपाल भित्र्याउन सकिन्छ । स्थानीयले समेत स्वामित्व लिनेगरी योजना बनाएर अगाडी जान सक्यौ भने पर्यटन क्षेत्रले नयाँ गति लिने छ । अहिले पोखरा, बाग्लुङ क्षेत्रका सहासिक पर्यटकको गन्तव्यनै बन्दै गएको छ । प्यराग्लाडिङ, बञ्जीजम्प, जिप फ्लाइङ देखि अन्य प्रडक्टहरुले विदेशीलाई मात्रै होइन स्वदेशीलाई समेत त्यस क्षेत्रमा तानेको छ । यो देशभर नयाँ नयाँ प्रविधिसंगै नयाँ प्रडक्टहरुको विकास हुनु जरुरी छ । यसले पर्यटन क्षेत्रलाई अर्को क्रान्तिमा लैजाने छ ।

नीतिगत रुपमा सरकारको सहयोग

सरकारले अन्य क्षेत्रमा लगानी गर्नेलाई जस्तै पर्यटन पूर्वाधारमा लगानी गर्नेहरुलाई पनि विभिन्न छुटहरु दिन आवस्यक छ । सरकारले ल्याउने नीतिहरु पर्यटन पूर्वाधार विस्तार मैत्री हुनु जरुरी रहेको छ । सरकारले निर्माण गर्नुपर्ने पूर्वाधार निजी क्षेत्रले गर्न खोजिरहेका छन् । नेपालको पहिलो पूर्वाधार हो चन्द्रागिरी केवलकार जहाँ अपाङमैत्री पूर्वाधार रहेको छ । यस्ता लगानीले तुरुन्तै प्रतिफल आउने खालका छैनन । यसको लागि सरकारले सहयोग गर्न आवस्यक छ । यो ठाऊमा लगानी गर्नेलाई यतीवर्षसम्म कर छुट दिने, यस्ता सामाग्रीमा राजश्वमा छुट दिने लगायतका विषयहरु सरकारले सोच्नुपर्ने हुन्छ । यो हुन सकेमा आउने दिनमा कार्णाली सुदूरपश्चिम क्षेत्रमा पनि लगानीकर्ताहरु विकास नभएका डाँडामा लगानीकर्ताहरु जाने छन् । यसकारणले पनि सरकारले लगानीमैत्री हुन आवस्यक छ ।


प्रतिक्रिया दिनुहोस्