रेमिट्यान्स ८.६ प्रतिशत बृद्धि हुँदा वैदेशिक रोजगारीका लागि स्वीकृति लिनेको संख्या ७४.८ प्रतिशतले घट्यो « Arthapath.com
३० चैत्र २०७७, सोमबार

रेमिट्यान्स ८.६ प्रतिशत बृद्धि हुँदा वैदेशिक रोजगारीका लागि स्वीकृति लिनेको संख्या ७४.८ प्रतिशतले घट्यो



काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्क अनुसार नेपालमा ८.६ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको ८ महिनाको समीक्षा अनुसार विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । तर अघिल्लो वर्षको ८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने २४.२ प्रतिशतले बढेको थियो भने यस बर्षको सोहि अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ ।

यस बर्ष वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि घटेको छ । अघिल्लो वर्षको यस अवधिमा २.७ प्रतिशतले घटेकोमा यस बर्ष ६५.२ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्