सगरमाथा इन्स्योरेन्सले ल्यायो पहिलोपल्ट ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’, घरबाटै पोलिसि किन्न सकिने « Arthapath.com
३१ चैत्र २०७७, मंगलवार

सगरमाथा इन्स्योरेन्सले ल्यायो पहिलोपल्ट ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’, घरबाटै पोलिसि किन्न सकिने



उषा रेग्मी

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य विमाको योजना मंगलबार सार्वजनिक गरेको छ ।

कम्पनीले एक कार्यक्रम गदै कम्पनिले हालसालै बीमा क्षेत्रको लागी नयाँ प्रोडक्ट सार्वजनिक गरेको हो । कम्पनीले बीमा समितिबाट स्वीकुत लिएर सगरमाथा आरोग्य स्वास्थ्य बीमा पोलिसि ल्याएको हो ।

सो पोलिसि बीमा समितिका अध्यक्ष शुर्यप्रसाद शिलवाल र सगरमाथा इन्स्योरेन्स कम्पनीका अध्यक्ष आरके मानन्धरले अनलाइन स्टमबाट सुरुवात गरे ।


२०७३ साल साउन ३ गतेबाट कारोबार सुरु गरेको कम्पनीले नयाँ वर्ष २०७८ को लागी नयाँ बीमा पोलिसि ल्याएको हो । कम्पनीले ल्याएको उक्त बीमा पोलीसी सगरमाथा एप्स मार्फत अनलाईनबाट खरिद गर्न सकिने जनाएको छ ।

यस्तो छ पोलिसि

कम्पनीले दुर्घटना बीमा अन्तर्गत ७ देखि १० लाख सम्मको बीमा बर्षमा ३ हजार तिरेर गर्न सकिने जनाएको छ । त्यस्तै सामान्य प्रकारका विरामी मेडिकल इन्स्योरेन्स १ लाख देखि ५ लाख सम्मको लागि १६ सयमा गर्न सकिने जनाएको छ । गम्भिर १८ प्रकारको रोगका लागि १ लाख देखि १० लाख सम्मको बीमा पोलिसी रहेको कम्पनिले जनाएको छ । यस बाहेक बीमितले बीमाङ्क रकम फेरबदल गर्न पनि पाइने सुविधा रहेको जानकारी दिएको छ ।


त्यस्तैगरी उक्त बीमा दाबी भुक्तानीको प्रकृयालाई पनि सजिलो रहेको छ । बीमितले आफु अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिएपछि दावी भुक्तानी पाइनेछ । अस्पतालको बिल भर्पाइ वा रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र बुझाएर बीमा रकम दाबी गर्न सक्ने छन ।

उक्त विमा वैशाख २ गतेबाट घर तथा अफिसबाट अनलाईनबाट गर्न सकिने छ । कार्यक्रममा बोल्दै कम्पनीका डेपुटी सीईओ श्रवणकुमार रावलले सबै क्षेत्रका नागरिकको लागी समेट्न सो पोलिसि ल्याइएको बताए । कम्पनीको देशभर रहेका ८४ शाखाबाट सगरमाथा आरोग्य बीमा योजना खरिद गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्