इन्स्योरेन्स कम्पनीमा धमाधम सीईओ नियुक्ती हुँदै, युनाइटेडमा उपाशना, नेशनल र सुर्या लाईफले गर्यो विज्ञापन « Arthapath.com
२ बैशाख २०७८, बिहीबार

इन्स्योरेन्स कम्पनीमा धमाधम सीईओ नियुक्ती हुँदै, युनाइटेडमा उपाशना, नेशनल र सुर्या लाईफले गर्यो विज्ञापन



उषा रेग्मी

काठमाडौं । बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद शिलवाल आइसकेपछि उनको पहिलो एजेण्डानै कम्पनीहरुमा रहेका बेथिति हटाउने अभियाननै चलाए । पुर्व सचिव भैसकेका शिलवालले सबै कम्पनीहरुलाई संस्थागत शुसाशनमा बस्न निर्देशन दिए ।

शिलवाल बीमा समितिको अध्यक्षको पदभार ग्रहण गर्ने बेलामा झण्डै आधा दर्जन बीमा कम्पनीमा सीईओ खाली थिए । अध्यक्षको एक्सनले अधिकांस सीईओविहिन कम्पनीहरुले धमाधम नियुक्ती प्रक्रिया अगाडी बढाएका छन ।

युनाइटेड इन्स्योरेन्सले कामु सीईओ रहेकी उपाशना पौडेललाई १ महिनाअघि नै सीईओ नियुक्ती गर्न संचालक समितिले सिफारिस गरेको थियो । पौडेललाई सीईओ नियुक्ती गर्न बीमा समितिले अनुमती दिइसकेको छ । यसैसाता पौडेल सीईओ बन्ने निश्चीत भैसकेको छ ।

नेपालको बीमा क्षेत्रमा कम उमेरमै महिला सीईओ बन्ने पौडेल पहिलो महिला हुन । यसअघि एभरेष्ट इन्स्योरेन्स र तत्कालिन एनबी इन्स्योरेन्समा महिला जिएम भएर नेतृत्व गरिसकेका थिए । सानिमा जनरल इन्स्योरेन्समा १ वर्ष काम गरेकी उपाशना १ वर्षअघि युनाइटेडको एजिएममा गएकी थिइन । उपशानाको इन्स्योरेन्समा काम गरेको २ वर्षको मात्रै अनुभव छ ।

उनि त्यसअघि बढाइकै क्रममा भारतको विभिन्न निजी कम्पनीमा काम गरेकी थिइन । युनाइटेडको कामु सीईओ रहेका रमेश कुमार भट्टराईले राजिनामा गरेपछि पौडेललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । बीमा समितिले यसै साता पौडेललाई सीईओ नियुक्ती गर्न कुनै बाधा नरहेको आशय पत्र पठाउन लागेको छ । त्यसपछि युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति बैठकले पौडेललाई सीईओमा नियुक्त गर्नेछ ।

उता स्थापनाकालदेखीनै सीईओ खाली रहेको जनरल इन्स्योरेन्सले कामु सीईओ बनाएर लुम्बिनी जनरल इन्स्योरेन्सबाट डेपुटी सीईओ रामचन्द्र श्रेष्ठलाई भित्र्याएको छ । जनरल इन्स्योरेन्सका महाप्रवन्धक रहेका एसके टमोटको कार्यकाल गत माघमै सकिएको थियो । २ महिनापछि चैत्र २७ गते जनरल इन्स्योरेन्स कम्पनीले कामु सीईओ पाएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १ महिना भित्र सीईओ नियुक्ती गर्न निर्देशन दिएको थियो । तर जनरलले कामु सीईओ बनाएर श्रेष्ठलाई भित्र्याएसंगै आगामी अशोजसम्मको समय मागेको छ । अशोजमा नेपाल स्टक एक्चेन्जको सीईओबाट अवकास हुन लागेका चन्द्रसिंह साउदलाई सीईओ बनाउन पर्खिरहेका छन ।

उता साउदले पनि बीमा समितिले मानेमा अशोजपछि मात्रै जनरलमा सीईओ बन्ने नभए अघिनै नेप्सेबाट राजिनामा दिने बताएका छन । साउदको लागी भन्दै यसअघि तमोटले प्रयोग गर्दे आएको जनरल इन्स्योरेन्सको कार्यकक्ष सुक्षित राखिएको चर्चा बजारमा पुगेको छ ।

उता सीईओ खाली रहेको सुर्या लाइफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्सले पनि विज्ञापन गरिसकेका छन । पुष महिनामा २ कार्यकाल पुरा गरेर भरत बस्नेत बिदा भैसकेका छन । ३ महिनापछि नेशनल लाइफले सीईओ नियुक्ती प्रक्रिया अघि बढाएको छ । उता सुर्या लाइफमा पवन खड्का कामु सीईओ रहेका छन । सुर्याले पनि १ महिनाअघिनै सीईओको विज्ञापन निकालेको थियो । खासै योग्य उम्मेदवार नपाएको भन्दै फेरि विज्ञापनको प्रक्रिया सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्