विद्यालय बन्द गरेर अनलाईन कक्षा संचालन गर्नुपर्छ: अर्थमन्त्री पाैडेल « Arthapath.com
४ बैशाख २०७८, शनिबार

विद्यालय बन्द गरेर अनलाईन कक्षा संचालन गर्नुपर्छ: अर्थमन्त्री पाैडेल



काठमाडाैं । अर्थमन्त्री विष्णु पाैडेलले कुल ग्राह्यस्थ उत्पादनमा टेलिकम क्षेत्रकाे भुमिका महत्वपुर्ण रहेकाे बताए । चाईनाकाे हार्डवेयर र भारतकाे सफ्टवेयरबाट कसरी फाईदा लिने भन्ने बारे साेच्नुपर्ने बताए । हामी अाईटिमा अन्य मुलुकभन्दा सस्ताे छ ।

मन्त्री पाैडेलले बन्न लागेकाे बजेटमा टेलिकम क्षेत्रकाे समस्या हल हुने बताए । सरकार अाईटि सेक्टरकाे विकासमा ध्यान दिने बताए । अव विद्यर्थीलाई स्कुलमा भेला गर्ने हाेईन, प्राविधिकाे सहायताले घर-घरबाटै कक्षा लिनुपर्ने अवस्था अाएकाे बताए । शनिबार नेपाल अार्थिक पत्रकार समाज सेजनले अायाेजना गरेकाे एक अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री पाैडेलले साे कुरा बताएका हुन ।

राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष डा. पुष्पराज कणेंलले सरकारकाे मुख्य लक्क्षभित्र कनेक्टीभिटी रहेकाे बताए ।

नेपाल दुरसञ्चार प्राधिकरणकाे प्रवन्ध निर्देशक पुरूषाेत्तम खनालले सरकारी र निजिक्षेत्रकाे मनाेपाेली फरक फरक रहेकाे बताए ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ८० प्रतिसत नेपालीले फाेरजी प्रयाेग गर्न सक्ने बताए । बजार सबै डेटामा गैसकेकाे छ । करमा पुर्नविचार हुनुपर्ने अधिकारीले बताए । कुनैपनि कम्पनिकाे कम्तिमा ५० प्रतिसत सेयर नेपालीकाे हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्