स्पर्षलाई अक्वायर गरेपश्चात ८ गतेदेखि ग्लोबल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार हुने « Arthapath.com
६ बैशाख २०७८, सोमबार

स्पर्षलाई अक्वायर गरेपश्चात ८ गतेदेखि ग्लोबल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार हुने



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तिय संस्थालाई अक्वायर गरेपछि ग्लोबल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार गरिने भएको छ । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बैशाख ८ गते, बुधबारदेखि एकिकृत कारोबार हुने भएको छ ।

ग्लोवल बैंकद्वरा प्रर्वधित ग्लोवल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई अक्वायर गर्न राष्ट्र बैंकले स्वीकृत प्रदान गरिसकेको छ ।

पोखरा महानगरपालिका वडा नं. २६ मा अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था र लमजुङको बेसिशहरमा रजिष्टर्ड कार्यालय रही २०७० जेष्ठ १ गते घ वर्गको इजाजत पाएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिएका हुन् ।

ग्लोवल आईएमई लघुवित्तको चुत्ता पुँजी २५ करोड ९५ लाख रहेको छ भने स्पर्शको चुत्ता पुँजी ९ करोड ३७ लाख रहेको छ । दुबै संस्था मर्जरपश्चात चुत्तापुँजी ३५ करोड ३२ लाख पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्