कोरोना जोखिम बढेपछि सरकारले लियो एक्सन, विद्यालय, सिनेमा हल र पार्टी प्यालेससम्म बन्द « Arthapath.com
६ बैशाख २०७८, सोमबार

कोरोना जोखिम बढेपछि सरकारले लियो एक्सन, विद्यालय, सिनेमा हल र पार्टी प्यालेससम्म बन्द



काठमाडौं । कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले बैसाख महिनाभरी पार्टीप्यालेस विद्यालय, सिनेमा हल, जिमखानालगायत बन्द गर्ने निर्णय गरेको छ ।

विश्वभरी नयाँ कोरोना भाइरसको नयाँ प्रकारको जोखिम बढेपछि शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रात्रिकालिन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको छ ।

दैनिक देशभर १ हजारभन्दा बढी कोरोना संक्रमित बढेपछि मानिसहरुको भिड हुने स्थानहरुमा बैशाख महिनाभरी बन्द गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्