कालिका लघुवित्तको साधारण सभा आज हुँदै, १० प्रतिशत बोनस र सेयर संरचनामा परिवर्तन गर्ने प्रस्ताव पारित गर्दै « Arthapath.com
७ बैशाख २०७८, मंगलवार

कालिका लघुवित्तको साधारण सभा आज हुँदै, १० प्रतिशत बोनस र सेयर संरचनामा परिवर्तन गर्ने प्रस्ताव पारित गर्दै



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बार्षिक साधारण सभा आज हुँदै छ । संस्थाको चैत्र ११ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक सधारण सभा बैशाख ७ गते बोलाएको थियो । कम्पनीको १० औं र ११ औं साधारणसभा आज (वैशाख ७ गते मंगलबार) होटल टास्क इन्टरनेशनल पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा हुँदै छ ।

कम्पनीको बार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यसैगरी कम्पनीले पूँजी संरचना पनि परिवर्तन गर्ने छ ।

कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रेहकोमा नियमनकारी निकायबाट स्वीकृत भएपश्चात कार्यान्वायन गर्ने गरि संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले मर्जरको लागी उपयुक्त पार्टनर खोज्ने र मर्जर प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रश्ताव गरिएको छ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्