कोरोना कहरबिच बैंकहरूको बाँड्न मिल्ने नाफा तीन गुणा बढ्यो, नबिल र वाणिज्य बैंकले ३ अर्ब कटाए, कसको कति ? « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

कोरोना कहरबिच बैंकहरूको बाँड्न मिल्ने नाफा तीन गुणा बढ्यो, नबिल र वाणिज्य बैंकले ३ अर्ब कटाए, कसको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा बाणिज्य बैंकहरुले बाँड्न मिल्ने नाफा नै पोहोरभन्दा तीन गुण बढाएका छन् । गत वर्ष चैत मसान्तसम्म सबै बाणिज्य बैंकको वितरणोग्य नाफा जम्मा १२ अर्ब रुपैयाँ भएको थियो । यो वर्ष भने ३५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।

आथिर्क वर्ष सकिन तीन महिना बाँकी छँदै २७ मध्ये १४ बैंकले यस्तो मुनाफा १ अर्बभन्दा बढी बनाएका छन् । मुलुकको अर्थतन्त्र कोरोना महामारीका कारण शिथिल भएको अवस्थामा पनि बैंकहरुको नाफा उल्लेख्य बढेको छ ।

चैत मसान्तको तथ्यांकमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले चैतसम्म ३ अर्ब ८० करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ । तर गत वर्षको तुलनामा सर्वाधिक नाफा बढाउने बैंक भने ग्लोबल आईएमई देखिएको छ । यो बैंकले गत वर्ष चैतको तुलनामा यो वर्ष नाफा खातामा झण्डै २ अर्ब रुपैयाँ थपेको छ । ग्लोबलले गत वर्षभन्दा १ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।

कुन बैंकको वितरणयोग्य नाफा कति ?

पछिल्लो एक वर्षमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य मुनाफा भने घटेको देखिएको छ । यो अन्तरराष्ट्रिय भेञ्चर बैंक नेपालमा मूलतः विदेशी भुक्तानीको कारोबार गर्छ । नेपालभित्रै कारोबार गर्नुसाटो अन्तरराष्ट्रिय ब्यापारको भुक्तानी, विदेशी कूटनीतिक नियोग एवम् संयुक्त राष्ट्रसंघीय निकायका खाता सञ्चालन गर्नेजस्ता कारोबार यो बैंकले गर्छ ।

गत वर्ष कोरोना महामारीका कारण नेपालको अन्तरराष्ट्रिय ब्यापार खुम्चिएको र वैदेशिक स्रोत परिचालन पनि कम भएका कारण चार्टर्डको नाफा घटेको हो ।


प्रतिक्रिया दिनुहोस्