कोरोना बढेपछि राष्ट्र बैंकको बैंकहरुलाई एक्सन, कर्मचारी घटाउन दियो निर्देशन « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

कोरोना बढेपछि राष्ट्र बैंकको बैंकहरुलाई एक्सन, कर्मचारी घटाउन दियो निर्देशन



काठमाडौं । काठमाडौं उपत्यका लकडाउन भएको ५ औं दिन आज ठप्प छ । शनिबार देशभर संक्रमितको संख्या ४० प्रतिसत पुगेपछि सरकारले आजै मन्त्रिपरिषद बैठक राखेर थप निर्णय लिने भएको छ ।

नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक वित्तिय संस्थाको केन्द्रीय कार्यालयमा २० प्रतिसत मात्रै कर्मचारी राखेर काम गर्न निर्देशन दिएको छ । त्यसैगरी शाखा कार्यालयहरुमा संभवभएसम्म २५ प्रतिसत कर्मचारी राखेर संचालन गर्न निर्देशन दिएको छ ।

शाखा कार्यालयको हकमा २५ प्रतिसत कर्मचारी संभव नहुने बैंकर्स संघले जनाएको छ । ‘एउटा शाखामा ५ जना कर्मचारी हुन्छन् त्यहाँ १ जना कर्मचारीले शाखा चलाउन संभव छैन’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने । हेड अफिसको हकमा २० प्रतिसत संभव भएपनि शाखामा एक चौथाईले काम नचल्ले दाहालले बताए ।

राष्ट्र बैंकका प्रवक्ता एवम् कार्यकारी निर्देशक देव कुमार ढकालले कोरोना संक्रमितको संख्य बढेपछि सकेसम्म घरमै बसेर डिजिटल कारोवार गर्न आग्रह गरिएको बताए । त्यसैगरी राष्ट्र बैंकले बैंकहरुलाई नजिक रहेका दुई मध्ये एक शाखामात्रै संचालन गर्न आग्रह गरिएको ढकालले बताए । सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै बैंकहरुले विहान १० बजेदेखी २ बजेसम्म सेवा दिँदै आएका छन ।


प्रतिक्रिया दिनुहोस्