३ वर्षपछि यूनाइटेड इन्स्योरेन्सले बल्ल पायो सीईओ, इन्स्योरेन्स क्षेत्रमै पहिलो महिला सीईओ बनिन उपासना « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

३ वर्षपछि यूनाइटेड इन्स्योरेन्सले बल्ल पायो सीईओ, इन्स्योरेन्स क्षेत्रमै पहिलो महिला सीईओ बनिन उपासना



काठमाडौं । युनाइटेड इन्स्योरेन्स संचालक समितिले सीईओ नियुक्तीको लागी सिफारिस गरि पठाएको झण्डै डेढ महिनापछि बीमा समितिले सैद्धान्तिक सहमती दिएको छ ।

३ वषैदेखी सीईओ विहिन भएर चल्दै आएको युनाइटेड इन्स्योरेन्सले पहिलो महिला सीईओ पाउने भएको छ । बीमा समितिले शुक्रबार लकडाउनको मौका छोपी उपासनालाई सीईओ नियुक्तीको लागी स्वीकृती दिएको बीमा समिति श्रोतले बताएको छ ।

अव इन्स्योरेन्स संचालक समिति बैठकले उपाशना पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने बाटो खुलेको छ । नेपाली बीमा क्षेत्रमा साँढे २ वर्षमात्रै काम गरेकी ३४ वर्षीया पौडेललाई सीईओ बन्न सैद्धान्तिक सहमती दिएको हो ।

पौडेल १ वर्ष सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धक भएर काम गरेकी थिइन । पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् । युनाइटेड इन्स्योरेन्समा ३ वर्षअघि कार्यकालनै पुरा नगरी तत्कालिन सीईओ शेखर बराल बाहिरीएका थिए । बराल बाहिरिएपछि कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका रमेश कुमार भट्टराईले साँढे २ वर्ष पुरा गरी गत कात्तिकमा अवधी पुरा गरी बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस्