आईएमई लाइफको नाफा १० करोड रुपैयाँ, कुल बीमा शुल्क आर्जन ११५ प्रतिशतले वृद्धि, अन्य सूचकमा छलाङ « Arthapath.com
२० बैशाख २०७८, सोमबार

आईएमई लाइफको नाफा १० करोड रुपैयाँ, कुल बीमा शुल्क आर्जन ११५ प्रतिशतले वृद्धि, अन्य सूचकमा छलाङ



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १० करोड १ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले ९ करोड ८१ लाख ३७ हजार खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २.३ प्रतिशतले बढी हो ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८९ करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८८ करोड १९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । यो गत बर्षको तुलनामा ११५ प्रतिशतले बढी बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, यस अवधिमा कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यो गत आवको तुलनामा खुद बीमा शुल्क आर्जन ११३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा ५९.६२ प्रतिशतले बढेर ४५ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा जीवन बीमा कोषमा ११०.८७ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ८३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीले ३४ करोड ११ लाख ३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ३१ लाख १८ हजार खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्