भ्याट तिर्ने म्याद थप गर्न चेम्बर र एफएनसीसीआईको सरकारसँग माग « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

भ्याट तिर्ने म्याद थप गर्न चेम्बर र एफएनसीसीआईको सरकारसँग माग



काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले लकडाउनको अवस्थामा भ्याट तिर्ने म्याद थप गर्न सरकारसंग आग्रह गर्ने भएको छ ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार समिति पदाधिकारीको अनौपचारिक बैठक राखेर सरकारले मासिक रुपमा व्यावसायीसंग उठाउँदै आएको भ्याट तिर्ने म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

देशभर कोरोनाको दोस्रो संस्करण बढ्दो अवस्थामा रहेपछि सरकारले संक्रमण बढ्न नदिन लकडाउन कडा बनाउँदै आएको छ । व्यावसायीहरुले हरेक महिनाको २५ गतेभित्र भ्याट बापतको रकम बुझाउँदै आएका छन । बैसाख १६ गतेदेखी सरकारले देशका अधिकांस क्षेत्रमा लकडाउन गरेको छ । अहिले देशभरका ५० भन्दा बढी जिल्लाहरुमा लकडाउन गरेको छ ।

लकडाउन प्रायः जिल्लाहरुमा भैसकेकाले अव सरकारले व्यावसायीहरुबाट लिने करको म्याद थप गर्ने आग्रह गर्ने भएको छ । चेम्बरले भ्याट उठाउने अवधी थप गर्न आग्रह गर्ने कुरा भएको चेम्बरका उपाध्यक्ष दिपक मलहोत्राले बताए । मलहोत्राले भने ‘हामी बुधबार भर्चुअल मिटिङ गरेर अर्थमन्त्रीलाई भेटेर क्र तिर्ने म्याद थप गर्नेछौं ।’

त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघले पनि लकडाउनको अवधीमा व्यावसायीले कर तिर्न संभव नहुने भन्दै सरकारसंग म्याद थपको अनुरोध गर्ने विषयमा छलफल भएको बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस्