मंगलबार एकै दिन ७ हजार ५८७ जनामा कोरोना, ५५ जनाको मृत्यु « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

मंगलबार एकै दिन ७ हजार ५८७ जनामा कोरोना, ५५ जनाको मृत्यु



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ७ हजार ५ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा अहिले सम्मकै उच्च ५५ जनाको कोरोनाबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

गत २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ ।

सोमबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्मकै उच्च हो ।हाल देशभर ५९ हजार ७ सय ९८ जना आईसोलेसनमा रहेका छन ।

काठमाडौं उपत्यकामा मात्र ३८९३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३८९३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो कुल संक्रमितको आधाभन्दा बढी हो ।


प्रतिक्रिया दिनुहोस्