बैंकको सवारी पासमा कडाई, शाखामा २५ प्रतिशत र केन्द्रिय कार्यालयमा २० प्रतिशत कर्मचारी « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

बैंकको सवारी पासमा कडाई, शाखामा २५ प्रतिशत र केन्द्रिय कार्यालयमा २० प्रतिशत कर्मचारी



काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं जिल्ला प्रशासनले उपत्यकाभित्र बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालयहरु खोल्न पाउने भएका छन् ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यालयहरुले २० प्रतिशत मात्रै कर्मचारी राख्न पाउने भएका हुन् ।

यसको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनु पर्ने छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि सीमित सवारी पास मात्र उपलब्ध गराइने छ ।

बैंकको केन्द्रीय कार्यालयको हकमा एक चार पांग्रे र एक दुई पांग्रे सवारीको मात्र पास उपलब्ध गराइने छ ।


प्रतिक्रिया दिनुहोस्