साना किसान लघुवित्तको सबै सूचकमा सुधार, नाफा ४६.५३ करोड रुपैयाँ, ब्याज आम्दानी १३.८७ प्रतिशतले बढ्यो « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

साना किसान लघुवित्तको सबै सूचकमा सुधार, नाफा ४६.५३ करोड रुपैयाँ, ब्याज आम्दानी १३.८७ प्रतिशतले बढ्यो



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ४३ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत आवको तुलनामा ६.९५ प्रतिशतले बढी नाफा आर्जन गरेको हो ।

त्यस्तै, यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले बढेर ९० करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ७९ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको गरेको थियो ।

त्यस्तै, यस अवधिमा संस्थाको सञ्चालन मुनाफा ६.२२ प्रतिशतले बढेर ६९ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ६५ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा २० अर्ब ९ करोड रुपैयाँ सापटी लिएर २३ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १९ अर्ब ७९ करोड रुपैयाँ सापटी लिई २२ अर्ब १२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

त्यस्तै, यस अवधिमा चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) ४९.५७ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३५.३८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २७४.१९ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्